आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपाले संसदलाई बन्धक बनाउन खोजेपछि कांग्रेसले खोल्यो फायर

नेकपाले संसदलाई बन्धक बनाउन खोजेपछि कांग्रेसले खोल्यो फायर

  • आइतवार, पौष २७ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदलाई बन्धक बनाउन खोजेपछि कांग्रेसले मुख खोलेको छ । कांग्रेसले प्रतिनिधिसभालाई सत्तारुढ दलले बन्धक बनाएको भन्दै आपत्ति जनाएको छ। नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसकेका कारण संसद बैठक पटक–पटक सारिएपछि कांग्रेसले आपत्ति जनाएको हो। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा बैठक रोक्नलाई नेकपाले हदै गरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अकर्मण्यता आपत्तिजनक रहेको बताउँदै उनले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई निरन्तर बनाउने कार्यप्रति आपत्ति जनाएका हुन्। जनताको आस्थाको थलो प्रतिनिधिसभा रहेको उल्लेख गर्दै नेकपाको बन्धनबाट तत्काल मुक्त गर्न आग्रह गरे। सभामुख हुने व्यक्ति टुंग्याउन नेकपा असमर्थ हुँदा त्यसको क्षति प्रतिनिधिसभाले बेहोर्न परिरहेको उनले बताए। पुस ४ गतेदेखि बोलाइएको प्रतिनिधिसभा तीन पटक कार्यसूचिमै प्रवेश नगरी स्थगित गर्दै आइएको छ। आइतबारका लागि बोलाइएको बैठक माघ ६ को लागि सारिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २७ २०७६१०:४३:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend