आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चापागाउँमा किक बक्सिङको भब्य तयारी, देउवाले उद्घाटन गर्ने

चापागाउँमा किक बक्सिङको भब्य तयारी, देउवाले उद्घाटन गर्ने

  • आइतवार, पौष २७ २०७६

  • 8.4K
    SHARES

  • ललितपुर - ललितपुर जिल्लाको चापागाउँमा हुने गणेशमान सिंह तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको धमाधम तयारी अन्तिम चरणमा पुगेको छ । तयारी समितिका संयोजक मीनकृष्ण महर्जनले किक बक्सिङको तयारी स्वरुप गेट बनाउने, मञ्च बनाउने, खेलाडीको तौल परीक्षण लगायतका कामहरू अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘समय अत्यन्तै कम छ’, उनले भने, ‘प्रतियोगितालाई भव्य र सभ्य बनाउनका लागि प्राविधिक तयारीहरू भइरहेका छन् ।’ भोलि अर्थात् पुस २८ र २९ गते लगनखेल डोजोमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खेलाडीको तौल परीक्षण हुनेछ । नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभागीय टिमसहित देशभरिबाट झण्डै दुई सय खेलाडीले भाग लिने अपेक्षा आयोजकको छ । नेपाली कांग्रेसका सर्वमान्य नेता लौह पुरुष वीर गणेशमान सिंहको सम्झनामा माघ २, ३ र ४ गते ललितपुर जिल्लाको गोदावरी नगरपालिकास्थित चापागाउँको प्याङगाउँचौरमा ‘गणेशमान सिंह तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता’ हुँदै छ । ललितपुर किक बक्सिङ जिल्ला कार्यसमितिको आयोजनामा तीन वर्षदेखि लगातार यो प्रतियोगिता हुँदै आएको छ । विजेता खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार र मेडलको व्यवस्था भएकाले पनि गणेशमान सिंह किक बक्सिङ प्रतियोगितालाई खेलाडीहरूले विशेषमा लिने गरेका छन् । प्रतियोगिताको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । समापन र पुरस्कार वितरण भने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको संयोजक महर्जनले जानकारी दिएका छन् । ललितपुर किक बक्सिङ्ग संघका अध्यक्ष विनोद महर्जनले कराते, उसु, किक बक्सिङ, तेक्वाण्डो, आई.टी.एफ., फुल कन्ट्याक्ट कराते, मुआय थाईलगायतका खेल समावेश हुनेछन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभागीय टिमहरू पनि प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा पुरुष तौल समूह ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि, ७० केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । महिला तौल समूहमा ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्नछन् । उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. ३० हजार, द्वितीय हुने खेलाडीलाई रु. १५ हजार, तृतीय हुने खेलाडीलाई रु. ८–८ हजार नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट पुरुष खेलाडीलाई रु. २५ हजार र उत्कृष्ट महिला खेलाडीलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । सबैभन्दा बढी स्वर्ण पदक हासिल गर्ने टिमलाई टिम च्याम्पियन स्वरुप रु. १ लाख नगद, द्वितीय हुने टिमलाई रु. ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । सहभागी टिमलाई ब्रेकफास्ट र लञ्चको व्यवस्था गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक महर्जनले बताएका छन्  । उपत्यका बाहिरका खेलाडीहरूलाई खाना र वसोवासको व्यवस्था पनि गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २७ २०७६०६:५२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend