आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शिवमायाले गरिन् प्रचण्डको निर्णय नमान्ने घोषणा, नेकपालाई ठूलो संकट !

शिवमायाले गरिन् प्रचण्डको निर्णय नमान्ने घोषणा, नेकपालाई ठूलो संकट !

  • शनिवार, पौष २६ २०७६

  • 4.4K
    SHARES

  • काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षमा बसेको सचिवालय बैठकले गरेको निर्णय अनुसार राजीनामा नदिने घोषणा उपसभामुख शिवमाया तुम्बाहाङफेले गरेकी छन् । नेकपा सचिवालयले तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफू राजीनामा नदिने र भोलि आईतबार संसद बैठक सञ्चालन गर्ने बताइन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाम्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भएका बेला प्रचण्ड नेतृत्वको बैठकले राजीनामा माग्ने निर्णय गरेको हो । नेकपाबाट उपसभामुख बनेकी शिवमायालाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी नेकपा सचिवालयले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । पार्टीले निर्णय गरेपनि तुम्बाहाम्फेले त्यसलाई ठाडो चुनौती दिएकी छन् । नेकपाभित्र सभामुखको टुंगो नलाग्दा पुस ४ गते सुरू भएको हिउँदे अधिवेशनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । पुस ११ र १६ गतेको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो । उपसभामुखले राजीनामा नदिई आफैं निर्वाचन प्रक्रिया अगाडि बढाए नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पाउने छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २६ २०७६०२:०९:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend