आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मस्जिदमा बम बिस्फोटमा प्रहरीसहित १४ जनाको मृत्यु, १९ घाइते

मस्जिदमा बम बिस्फोटमा प्रहरीसहित १४ जनाको मृत्यु, १९ घाइते

  • शनिवार, पौष २६ २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं – पाकिस्तानको मस्जिदमा बम बिस्फोट हुँदा प्रहरी अधिकृतसहित १४ जनाको मृत्यु भएको छ । क्वेत्तास्थित मस्जिदमा शुक्रवार साँझ बिस्फोट भएको थियो । बिस्फोटमा १९ जना घाइते भएका छन् । मस्जिदमा प्रार्थनाको अवधिमा बिस्फोट भएको थियो । क्वेत्ता प्रहरी प्रमुख अब्दुल्लाह अफ्रिदीका अनुसार आत्मघाती हमला रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि सशस्त्र लडाकू समूह डाएसले विज्ञप्ति निकाल्दै घटनाको जिम्मेवारी लिएको छ । हमला अफगान तालिबानलाई लक्षित गरिएको डाएसले जनाएको छ । तालिबान प्रवक्ता क्वरी मुहम्मद युसफले हमलाको अवधिमा कोही पनि तालिबान नेता मस्जिदमा नभएको प्रतिक्रिया दिए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले घटनाको कडा शब्दमा विरोध जनाउनुका साथै दुःख व्यक्त गरेका छन् । उनले घटनामा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जलि समेत ज्ञापन गरेका छन् । विदेशमन्त्री शाह मोहमुद कुरैसीले पनि घटनालाई ‘पाकिस्तानको अस्थिरताका लागि निच षड्यन्त्र’ भन्दै विरोध व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २६ २०७६०१:५६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend