काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलामा समस्या भएर अस्पताल भर्ना भएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा बालुवाटारमा नेकपा सचिवालय बैठक बस्यो ।
बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उपसभामुख पदबाट राजीनामा गराउने निर्णय गरेको छ ।
उपसभामुख तुम्बाहाम्फेले भने आफूलाई नै सभामुख बनाउने भए राजीनामा दिने, नभए राजीनामा नदिने अडान लिँदै आएकी छन् ।
प्रधानमन्त्री ओलीको आडमा तुम्बाहाम्फेले अडान लिएको चर्चा चलिरहेका बेला ओलीकै अनुपस्थितिमा प्रचण्डले सचिवालय बैठकबाट कडा फैसला गराएका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । अस्पतालमा नियमित डायलासिसका साथै स्वास्थ्य जाँच समेत गरिने स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।