आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली–प्रचण्डलाई शिवमायाको खुला धम्की, नेकपाले सभामुख पद गुमाउने !

ओली–प्रचण्डलाई शिवमायाको खुला धम्की, नेकपाले सभामुख पद गुमाउने !

  • शुक्रवार, पौष २५ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उपसभामुख शिवमाया तुम्बाहाम्फेले खुला धम्की दिएकी छन् । दुवै अध्यक्षले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्नुअघि राजीनामा दिन गरेको आग्रह अस्वीकार गर्दै आफूलाई नै सभामुख नबनाउने भए पदबाट राजीनामा नदिने धम्की दिएकी छन् । नेकपा सांसद समेत रहेकी शिवमायाले राजीनामा नदिए नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पाउने छैन । सभामुख र उपसभामुख फरक–फरक दलबाट हुने संविधानको व्यवस्था अनुसार उपसभामुखमा शिवमाया कायमै रहे नेकपाले सभामुख पद गुमाउने निश्चित छ । उपसभामुख शिवमायाको धम्कीपछि ओली–प्रचण्ड अप्ठ्यारोमा परेका छन् । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन कृष्णबहादुर महराले असोज १५ गते राजीनामा दिएका थिए । सत्तारुढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्नेमा ओली र प्रचण्डबीच नै विवाद छ । ओलीले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने प्रचण्डले अग्नि सापकोटालाई । त्यसमा उपसभामुख शिवमायाले आफैं सभामुख बन्ने अडान लिएर सबै बाटो बन्द गरिदिएकी छन् । शिवमायाले ओली–प्रचण्डलाई भनेकी छन्, ‘भोलिसम्म समय छ, मलाई सभामुख बनाउने निर्णय गर्नुस् । नभए म संसद चलाउछु र सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउँछु ।’ उपसभामुख शिवमाया रहेकै अवस्थामा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढे नेकपाले सभामुख पद गुमाउने निश्चित छ । शिवमायाको धम्कीपछि नेकपाले शनिबार अपराह्न ४ बजे सचिवालयको बैठक बोलाएको छ । बैठकमा सभामुख चयनको विषयमा छलफल हुने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २५ २०७६०२:३५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend