आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रदेश सरकारले गर्‍यो माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

प्रदेश सरकारले गर्‍यो माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

  • शुक्रवार, पौष २५ २०७६

  • 4.2K
    SHARES

  • काठमाडौं – आगामी माघ १ गते परेको माघे संक्रान्तिको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गण्डकी प्रदेश सरकारले गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिदाबारे जानकारी दिएका हुन् । बुधवार बसेको बैठकले माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक पारित गर्दै आन्तरिक मामिला कानुन मन्त्रालयमार्फत प्रदेश सभामा पेश गर्ने निर्णय पारित गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेटमा प्रदेशभित्र रहेका कला साहित्य, भाषा, संस्कृति, ललितकला, नाट्यकला लगायतको उन्नयन, विकास र अनुसन्धानसँगै आवश्यक काम गर्न प्रतिष्ठान आवश्यक रहेकाले स्थापनाका लागि विधेयक तयार गरी प्रदेश सभामा पेश गर्न लागेको जनाइएको छ । बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना र सञ्चालन गर्न बनेको विधेयक समेत स्वीकृत गर्दै प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका ६ र आर्थिक मामिला तथा योजना मन्त्रालयको २ गरी आठ वटा कार्यविधि बैठकले पारित गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २५ २०७६०१:५२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend