काठमाडौं – सन् २०२० को पहिलो चन्द्रग्रहण आज शुक्रवार नेपालमा पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ ।
राति १०ः५२ बजे सुरू भई १२ः५५ बजे मध्य हुने चन्द्रग्रहण राति २ः५७ बजेमा सकिनेछ । यसपालि लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण रहेको जनाइएको छ ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गरेको छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु रहेको नेपाल एष्ट्रनोमिकल सोसाइटिका अध्यक्ष सुरेश भट्टराइले बताए । ‘यस्तो छायाँ दुई प्रकारको सघन तथा बिरल गरी दुई प्रकारको हुने गरेको छ,’ उनले भने ।
उनका अनुसनर यदि चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छायाँमा पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ । यो ग्रहण नाँगो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पंचाङ्ग तथा पात्रोमा यसको चर्चा गरिएको पाइँदैन ।
यस ग्रहणको बेला तस्बिर खिची केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि ठूलो महत्व हुने भट्टराईले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।