आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालको सत्तामा चिनियाँ दुतावासको हस्तक्षेप, अभियुक्तसँग ५० हजार जरिवानाको साटो एक हजार मात्रै

नेपालको सत्तामा चिनियाँ दुतावासको हस्तक्षेप, अभियुक्तसँग ५० हजार जरिवानाको साटो एक हजार मात्रै

  • बिहिवार, पौष २४ २०७६

  • 7.0K
    SHARES

  • काठमाडौं– पछिल्लो समय नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको छ । केही समयअघि चिनियाँ राजदूत होउ यान्छीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीस) आर्थिक सहयोग लिन स्वतन्त्र रहेको प्रतिक्रिया दिइन् । अझ पछिल्लो समय इन्टरनेटमार्फत जुवा खेलेको आरोपमा विशेष अप्रेसन गरेर समातिएका एक सय २२ चिनियाँ नागरिकलाई थोरै सजाय दिलाउन चिनियाँ दूतावासले दबाब दिएको रहस्य खुलेको छ । दूतावासकै पत्रका आधारमा गृह मन्त्रालयले अध्यागमन विभागलाई कम धरौटी लिएर निष्कासन गरेको छ ।

    अध्यागम विभागको कानुनअनुसार चिनियाँ नागरिकले गरेको अपराधमा कम्तीमा पनि ५० हजार रुपैयाँ जरिवाना लिनुपर्नेमा एक–एक हजार मात्र लिइएको छ । आफैंले तिर्नुपर्ने भएकाले दूतावासले एक हजारमात्र तिराउन दबाब दिएको हो । यदि एक सय २२ जनासँग ५० हजारका दरले जरिवाना असुल गरेको भए नेपालको ढुकुटीमा ६३ लाख रुपैयाँ जम्मा हुन्थ्यो । तर, दूतावासकै कारण सवा एक लाख मात्र लिइएको छ ।

    नेपालले निस्कासन गरेका चिनियाँलाई लिन आज दुईवटा चार्टर्ड विमान आएको छ । चाइना इस्टर्न र चाइना साउदर्न विमानले ती चिनियाँ नागरिकलाई देश फर्काएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २४ २०७६०४:०१:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend