काठमाडौं – अत्याधिक चिसो बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले फेरि दुई दिन विद्यालय बिदा दिएको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरिएको छ ।
यसअघि भीमदत्त नगरपालिकाले अत्याधिक चिसो बढेको भन्दै पुस ३ र ४ गते विद्यालयमा बिदा गरेको थियो ।
नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै शितलहर र चिसोका कारण बालबालिका प्रभावित हुन थालेपछि विद्यालय बिदा दिने निर्णय गरेको जनाएको छ ।
सञ्चित बिदाबाट मिलान गर्ने गरी २ दिन विद्यालयमा बिदा गर्न अनुरोध गरिएको विज्ञप्तिमा जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।