काठमाडौं – नेपाली कांग्रेस ५ नम्बर प्रदेश संसदीय दलका उपनेता वीरेन्द्र कनौडियालाई उखु किसानको भुक्तानी तत्काल गर्न नेपाली कांग्रेस पार्टीले निर्देशन दिएपछि बक्यौता रकम भुक्तानी गरिएको छ ।
कांग्रेस पार्टीसँग नाम जोडिएर सञ्चारमाध्यममा समाचार आएपछि कांग्रेस पार्टीले बक्यौता तत्काल तिर्न निर्देशन दिएको थियो ।
किसानको भुक्तानीपछि बुधबारदेखि सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको कनौडियाको महालक्ष्मी सुगर मिल सञ्चालन आउँदैछ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम कनौडियाले बैंकमा जम्मा गरेका छन् ।
सञ्चालक कनौडियाले ११ करोड २६ लाख रुपैयाँ भुक्तानीका लागि बैंकमा जम्मा गरेका जनाइएको छ । गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने बताए ।
‘किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ,’ उनले भने, ‘किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि सञ्चालन हुन्छ ।’
चिनी मिलले भुक्तानी नदिएका कारण उखु किसानले काठमाडौं आएर आन्दोलन गरेका थिए । सरकारले माघ पहिलो हप्ताभित्र भुक्तानीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि किसानले आन्दोलन स्थगित गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।