आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली–प्रचण्डले मनपरी गर्दा हल्लियो मुख्यमन्त्री पौडेलको कुर्सी, विद्रोहको संकेत !

ओली–प्रचण्डले मनपरी गर्दा हल्लियो मुख्यमन्त्री पौडेलको कुर्सी, विद्रोहको संकेत !

  • मंगलवार, पौष २२ २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं – प्रदेशको राजधानी सम्बन्धमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को संलग्नतामा सचिवालय बैठकले विवादित निर्णय लिएपछि प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको कुर्सी हल्लिने देखिएको छ । नेकपा सचिवालयले हेटौंडा राजधानी राख्ने निर्णय गरेको र त्यसलाई नै कार्यान्वयन गराउन मुख्यमन्त्री डोरमणि पौडेल लागेपछि नेकपाभित्र विद्रोहको संकेत देखिएको छ । जनभावना विपरीत ओली–प्रचण्डले निर्णय गरेको र त्यसलाई नै अगाडि बढाउने काममा मुख्यमन्त्री पौडेल संलग्न देखिएपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । स्थायी राजधानी हेटौंडा तोक्ने सन्दर्भमा प्रदेश संसदीय दलको बैठकमा सहमति जुट्न नसकेपछि मुख्यमन्त्री पौडेलको पद धरापमा पर्ने देखिएको छ । संसदीय दलबाटै नेता चुनिएर पौडेल मुख्यमन्त्री बनेका हुन् । राजधानीको विवादले मुख्यमन्त्री पौडेल अल्पमतमा पर्ने देखिएको नेकपा स्रोतले जनाएको छ । प्रदेशका अधिकांश सांसद काभ्रे राजधानी हुनुपर्ने पक्षमा देखिएका स्रोतले जनाएको छ । ‘राजधानी तोक्ने विषयमा पार्टीले ह्वीप लगायो भने संघीय प्रणालीलाई नै चुनौती दिएको ठहर्छ । यसले पार्टीभित्र संघीयतामाथि नै ठूलो प्रश्न उठ्न सक्छ । त्यसकारण पार्टीले राजधानीका विषयमा ह्वीप लगाउनु हुँदैन,’ दोलखाका प्रदेश सांसद विशाल खड्काले भने, ‘सकभर सहमतिमै यो विषय टुंग्याउनुपर्छ, यदि त्यसरी टुंगिएन भने स्वतन्त्र ढंगले मतदान गर्नुपर्छ ।’ ह्वीप लगाएपनि पार्टी निर्णयविरुद्ध विद्रोह गर्दै मतदान गर्ने तयारीमा प्रदेश सांसद रहेका छन् । प्रदेशका पहाडी र हिमाली क्षेत्रका जिल्लाका लागि हेटौंडा उल्टो हुने र हेटौंडाको विपक्षमा बहुमत सांसद रहेको दाबी समेत नेकपाभित्र देखिएको छ । जसले गर्दा मुख्यमन्त्री पौडेल अप्ठ्यारोमा परेका छन् । हेटौंडा राजधानीको विपक्षमा धेरै सांसद देखिएपछि पुस २२ गते मंगलबारका लागि बोलाइएको प्रदेशसभा बैठक नै स्थगित गरेर २३ गतेका लागि सारिएको छ । मुख्यमन्त्री पौडेलको कुर्सी नै हल्लिने भएपछि प्रदेशका नेताहरू काठमाडौंको शरणमा पुगेका छन् । हेटौंडा राजधानी राख्नुपर्छ भन्ने पक्ष र विपक्षका सांसदहरू नेकपाका शीर्ष नेतासँग छलफल गर्न काठमाडौं आएका छन् । प्रदेशका नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, नेकपा प्रदेश इन्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाई र नेकपा प्रदेशका अध्यक्ष नारायण दाहालको टोली काठमाडौं आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २२ २०७६०१:५०:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend