आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेकपा एक जुट, साल्पा–सिलोछोको विकास गर्ने !

कांग्रेस नेकपा एक जुट, साल्पा–सिलोछोको विकास गर्ने !

  • मंगलवार, पौष २२ २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं - भोजपुर जिल्लाका नागरिक समाज, नेपाली कांग्रेस र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले साल्पा–सिलोछो गाउँपालिकाको वृहत्तर गुरु योजनाका लागि मिलेर काम गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका अध्यक्ष महेश राईको विशेष पहलमा काठमाडौंको पुतलीसडकमा मंगलबार भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले साल्पा–सिलोछो गाउँपालिकाको विकास मिलेर गर्ने सहमति गरिएको नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए । अन्तरक्रियाका सहभागीहरूले जिल्ला र गाउँको विकासका लागि राजनीतिक पूर्वाग्रह नभएर अगाडि बढ्नुपर्नेमा सबै एकमत भएको उनले जानकारी दिए । अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागीहरूले साल्पा–सिलोछो गाउँपालिकामा उन्नत कृषि, पर्यटन, रुद्रक्ष, अलैँची, पहाडे कागज, पाँचऔँले लगायतको खेतीमा समेत विशेष जोडका साथ अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उनीहरूले राजनीतिक पूर्वाग्रह छाडेर विकास गर्न आफूहरू तयार रहेको सबैले प्रतिवद्धता जनाएको उपाध्यक्ष चापागाइँले बताए । छलफल तथा अन्तरक्रिया कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाका सांसद सुदन किराती, प्रदेश १ का नेकपाका सांसद राजेन्द्र राई, नेपाली कांग्रेसका युवा नेता एवम् तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, पूर्व राज्यमन्त्री पदम राई, नेकपाकी नेतृ जयन्ती राई, हरि राई, डा.प्रल्हाद कार्की लगायत भोजपुर जिल्लाबासीहरूको सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २२ २०७६१२:३९:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend