आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जनकपुरमा मेयरकै अघि वितण्डा, पत्रकारमाथि कुटपिट

जनकपुरमा मेयरकै अघि वितण्डा, पत्रकारमाथि कुटपिट

  • मंगलवार, पौष २२ २०७६

  • 5.5K
    SHARES

  • जनकपुर–जनकपुर उपमहानगरपालिकाका मेयरकै अघि कुटपिट भएको छ । उपमहानरको कार्यालयमा पत्रकारहरुमाथि हातपात भएको हो। मेयर लाल किशोर साहकै अघि पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, देशसञ्चार डटकमका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुरसहितका पत्रकारहरुमाथि हातपात भएको हो। कुटपिटबाट कान्तिपुर दैनिकका संवाददाता ठाकुरलाई चोट लागेको छ। मेयरका सहयोगीहरुले पत्रकारमाथि हातपात गरेका थिए। कान्तिपुर दैनिकका सम्वाददाता अमरकान्त ठाकुर र एबीसी टेलिभिजनका पत्रकार सुमित मिश्र मेयरसँग भेट गर्न उनको च्याम्बर बाहिर कुरिरहेका थिए। करिब एक घण्टापछि मात्र उनलाई मेयरको च्याम्बरमा जान दिइयो। उनी त्यहाँ पुग्नासाथै मेयरले पत्रकारहरुले आतंक फैलाएको भन्दै झपार्न थाले। उनीहरुले त्यसैबेला च्याम्बरमा रहेका मेयरका कार्यकर्ताले हातपात गरेको बताए।। मेयरको कोठामा होहल्ला भइरहेको सुनेपछि त्यसै समयमा नगरपालिकाको स्वास्थ्य शाखामा रहेका उज्यालो अनलाइनका पत्रकार सुवास कर्ण र देश सञ्चारका सम्वाददाता राजा झा पनि माथि उक्लिए । तर उनीहरुलाई पनि त्यहाँ रहेका युवाहरुले भर्‍याङनेर रहेको च्यानल गेट बन्द गरेर कुटपिट गरेको पत्रकार ठाकुरले बताए । घटना भएको थाहा पाएपछि हतारहतार नगरपालिका पुगेका पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई पनि त्यहाँ रहेका कार्यकर्ताहरुले नगरपालिकाको मेन गेट बन्द गरेर हातपात गरेको उनी बताउँछन्। अनिल मिश्रमाथि रवर पाइपले समेत आक्रमण भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २२ २०७६११:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend