काठमाडौं– नेपाल तरुण दल सुर्खेतका अध्यक्ष तथा कलाकार हरी विष्टले धुर्मस सुन्तलीले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन । विष्टले जन्मदिनको अवसरमा १ लाखभन्दा बढी रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।
कलाकार, खेलाडी तथा व्यवसायीको पहिचान बनाइसकेका विष्टले जन्मदिनमा केक काट्नुको साटो विकास निर्माणमा सहयोग गर्न १ लाख २ हजार २ सय २२ रुपैयाँ खातामा जम्मा गरेका हुन् ।
देशमा विदेशी संस्कृति भित्रिएको भन्दै उनले विदेशीभन्दा आफ्नै मौलिक संस्कृति अनुसार अघि बढ्नुपर्ने बताए ।
उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘मलाई आजकै दिन यो धर्तीमा पाइला टेकाउने मेरा भगवान रूपी आमा सेतु बिष्ट र बुवा धनबहादुर बिष्टको पाउमा शिर टेकाउँदै धुर्मुस–सुन्तलीद्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५१ हजार १ सय ११ रूपैयाँ र सुर्खेत उद्योग वाणिज्य संघको व्यावसायिक राहत अक्षय कोषलाई ५१ हजार १ सय ११ रूपैयाँ एकमुष्ट प्रदान गर्न चाहन्छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।