आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

योगेश भट्टराईलाई अष्ट्रेलियामा आपत, फेसबुकमा पोखे आक्रोश !

योगेश भट्टराईलाई अष्ट्रेलियामा आपत, फेसबुकमा पोखे आक्रोश !

  • मंगलवार, पौष २२ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले पुनः विवादमा तानिएका छन् । आफ्नो अस्ट्रेलिया भ्रमणका क्रममा उनी विवादमा तानिएका हुन् । उनले भ्रमणका सन्दर्भमा गलत समाचार सम्प्रेषण दावी गरेका छन् । सिड्नीका सुरक्षाकर्मीले नेपाल भ्रमण वर्ष २०२० को र्‍याली गर्न रोक लगाएको समाचार सार्वजनिक थियो । उनले त्यसमा कुनै सत्यता नरहेको दावी गरेका छन् । ‘मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । भट्टराईले अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा एनआरएए लगायतका संघ–संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको पनि बताएका छन् । उनले कार्यक्रममा न्यू साउथ वेल्स स्टेटका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिलगायतको उपस्थिति रहेको भन्दै सो क्रममा उनीहरुका तर्फबाट शुभकामना मन्तब्यव्य पनि व्यक्त भएको बताएका छन् । यस्तै मौन जुलुस मार्फत पर्यटन बर्षको प्रवर्द्धन पगरिएको उनको भनाइ छ । तर साउथ एसिया डट कम डट एयूका अनुसार आयोजकले र्‍याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमति नलिएका कारण प्रहरीले रोक लगाएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २२ २०७६१०:१४:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend