काठमाडौं – लोडसेडिङ अन्त्य गरेको भनेर चर्चित बनेका कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत् प्राधिकरणले भोलि मंगलबार ७ घण्टासम्म लोडसेडिङ हुने जनाएको छ ।
राजधानी काठमाडौंका केही स्थानमा मंगलबार ७ घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ ।
चक्रपथ विस्तार कार्यको लागि रुख कटान गर्न महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन बिहान ९ बजेबाट अपराह्न ४ बजेसम्म ‘सट डाउन’ हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
ओम फिडरबाट वितरित लाइन सट डाउन हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायत क्षेत्रमा विद्युत् प्रवाह अवरुद्ध हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।