आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माघे संक्रान्तिका लागि २ दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

माघे संक्रान्तिका लागि २ दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

  • सोमवार, पौष २१ २०७६

  • 4.4K
    SHARES

  • रुपन्देही – माघे सक्रान्तिको अवसरमा आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय प्रदेश नम्बर ५ सरकारले  गरेको छ । थारु समुदायको बसोबास रहेको प्रदेशमा माघीका लागि दुई दिन बिदा दिइएको हो । गत वर्ष पनि प्रदेश नम्बर ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र दुई दिन सार्वजनिक बिदा दिइएको बताएका छन् । मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको समेत गरेको छ । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधि सहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताएका छन् । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २१ २०७६०१:४१:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend