आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पौडेलले डाके जिल्ला सभापतिहरुको भेला, संस्थापन पक्ष नजाने

पौडेलले डाके जिल्ला सभापतिहरुको भेला, संस्थापन पक्ष नजाने

  • सोमवार, पौष २१ २०७६

  • 5.3K
    SHARES

  • काठमाडौं–नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको भेला डाकेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार विहान ११ बजे आफू निकट जिल्ला सभापतिसँग पौडेलले पछिल्लो विवादबारे छलफल गर्न लागेका हुन्।

    सभापति शेरबहादुर देउवाले गत पुस ११ गते बहुमतका अधारमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेको भन्दै पौडेल रुष्ट छन्।

    मग्सिर २६ देखि पौडेल केन्द्रीय समिति बैठकमा पनि गएका छैनन्। सभापति देउवाले केन्द्रीय समितिबाट एकलौटी रुपमा गरेको निर्णय सच्याउन पौडेल, महामन्त्री शशांक कोइराला र छुट्टै गुट चलाइरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले माग गर्दै आएका छन्।

    सभापति देउवालाई निर्णय सच्याउन दवाव दिन सोमबार जिल्ला सभापति भेला राखिएको केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए।

    भेलामा पौडेल समुहका केन्द्रीय सदस्य पनि सहभागी हुनेछन्। सभापति देउवा समुहका जिल्ला सभापति भने भेलामा सहभागी हुने छैनन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २१ २०७६०४:२३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend