आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सभामुखले नेकपामा लफडा, प्रचण्डले ओलीलाई दिए यस्तो चेतावनी !

सभामुखले नेकपामा लफडा, प्रचण्डले ओलीलाई दिए यस्तो चेतावनी !

  • सोमवार, पौष २१ २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं– सत्तारुढ दल नेकपाभित्र सभामुखको विवाद उत्कर्षमा पुगेको छ । पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशनलाई अनिर्णयको बन्दी बनाएर आन्तरिक बैठकमा जुटेको सत्तारुढ नेकपाले आइतबार पनि सभामुखमा सहमति जुटाउन सकेन । सभामुख कसलाई बनाउने भन्ने बारे प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीवीच मत बाझिएको छ ।

    अध्यक्ष प्रचण्ड पूर्वमाओवादी खेमाले सभामुख पाउनुपर्ने अडानमा छन् । प्रधानमन्त्री ओली सुवास नेम्वाङलाई बनाउनुपर्ने पक्षमा छन् । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन प्रधानमन्त्री ओलीलाई दबाव दिएको नेकपा नेताहरु बताउँछन् ।

    पूर्वमाओवादीका नेताहरुले सभामुखमा नझुक्न प्रचण्डलाई दबाव दिएका छन् । यही आन्तरिक दबावका कारण प्रचण्ड र ओलीबीच कुरा नमिल्दा नेकपाभित्र सभामुखमा सहमति जुट्न नसकेको हो । पार्टीले नाम टुंगो लगाउन नसक्दा संसदको बैठक पटक–पटक सर्दै आइरहेको छ ।

    कृष्ण बहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पद आफूहरुले नै पाउनुपर्ने भन्दै पूर्वमाओवादीका एक नेताले भने, ‘यसअघि लिखित सम्झौता नै भए पनि प्रचण्डले ओलीजीलाई प्रधानमन्त्री पद छाडिसक्नुभयो । प्रधानमन्त्री छाडिदिएको अवस्थामा अब सभामुख छाड्न सकिँदैन ।’

    बलात्कारको अभियोगमा जेलमा रहेका कृष्णबहादुर महरा यसअघि पूर्वमाओवादी खेमाबाटै सभामुख बनेका थिए । अहिले राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षसमेत पूर्वएमाले खेमाबाटै भएको अवस्थामा सभामुख पूर्वमाओवादीले नै पाउनुपर्ने ती नेताले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २१ २०७६०४:२०:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend