आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कृष्णबहादुर महराले छाडेको पद पाउन नेकपाभित्र मारामार, ओलीको अडानले प्रचण्डलाई ठूलो फसाद !

कृष्णबहादुर महराले छाडेको पद पाउन नेकपाभित्र मारामार, ओलीको अडानले प्रचण्डलाई ठूलो फसाद !

  • आइतवार, पौष २० २०७६

  • 3.7K
    SHARES

  • काठमाडौं – संसद सचिवालयकी महिलालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएर छाडेको पद पाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मारामार चलेको छ । प्रतिनिधिसभा प्रमुख र सम्माननीयको हैसियत हुने भएकाले सभामुखमा आ–आफ्नो गुटका व्यक्तिलाई पुर्‍याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच द्वन्द्व चलेको छ । नेकपाभित्र मारामार भएका कारण प्रतिनिधिसभा बैठक समेत प्रभावित भएको छ । प्रचण्डको कोटाबाट सभामुख बनेका महराले राजीनामा दिएपछि अहिले केपी ओलीले सभामुखमा आफ्नो गुटका सुवासचन्द्र नेम्वाङको नाममा अडान कसेपछि प्रचण्डलाई फसाद भएको छ । पटक–पटक बैठक र छलफल भएपनि नेकपाभित्र सभामुखको विषयमा निर्णय हुन सकेको छैन । सभामुख कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मुख्य विवाद देखिएको छ । अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका बेला भएको सहमति अनुसार सभामुख पद पूर्व माओवादी समूहले पाउनुपर्ने अडान लिएपनि उनको अडान अहिले कमजोर परेको छ । प्रधानमन्त्री ओली सुवास नेम्बाङलाई सभामुख बनाउनुपर्ने अडानमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन प्रधानमन्त्री ओलीलाई दबाव दिँदै आएकी नेकपा स्रोतको दाबी छ । पार्टी एकीकरणको भाव अनुसार सभामुख पद छाड्न नहुने दबाब प्रचण्डमाथि पूर्व माओवादी समूहले दिँदै आएको छ । पूर्व माओवादीभित्र अग्नी सापकोटा, देव गुरुङ, पम्फा भुसाल लगायतको नाम चर्चामा छ । यी नाम केपी ओली सुन्न समेत चाहँदैनन् । केपी ओलीले अमेरिकी सहयोगको एमसीसी परियोजना संसदबाट पारित गराउन खोजिरहेको बेला चिनियाँ खेमाबाट परिचालित भएर एमसीसीको विरोध गरिरहेका सापकोटा, गुरुङ र भुसालको नाम समेत ओलीले सुन्न नचाहेको स्रोतको दाबी छ । पूर्व माओवादी समूहका नेताहरूले सभामुखमा नझुक्न प्रचण्डलाई चर्काे दबाब दिएका छन् । गुटगत आन्तरिक दबाबका कारण प्रचण्ड र ओलीबीच कुरा नमिल्दा नेकपाभित्र सभामुखमा सहमति जुट्न सकेको छैन । पार्टीले नाम टुंगो लगाउन नसक्दा संसदको बैठक पटक–पटक सर्दै आइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २० २०७६१२:४९:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend