आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डले धोका दिएपछि यसरी मुख खोल्दै बोले वामदेव गौतम !

प्रचण्डले धोका दिएपछि यसरी मुख खोल्दै बोले वामदेव गौतम !

  • शनिवार, पौष १९ २०७६

  • 6.9K
    SHARES

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामदेव गौतमलाई धोका दिएको खुलासा भएको छ । नेकपाका प्रस्तावित उपाध्यक्ष समेत रहेका वामदेव गौतमले अनलाइनखबरलाई अन्तर्वार्ता दिँदै प्रचण्डले अन्तिम समयमा आएर आफूलाई साथ नदिएको बताएका छन् । राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने वचनबाट प्रचण्ड ‘ब्याक’ भएपछि आफू राष्ट्रियसभा सदस्य उम्मेदवार नबनेको गौतमले खुलासा गरेका छन् । शुक्रबारको नेकपा सचिवालय बैठकमा गौतमले राखेको संविधान संशोधनको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गर्नु स्वाभाविक भएपनि प्रचण्डले सुरूमा दिएको आश्वासन पूरा नगरेको बताएका छन् । आफूले सचिवालय बैठकमा प्रधानमन्त्री बन्ने प्रस्ताव राखेपछि ओलीले दिएको जवाफ सम्झँदै गौतमले भने, ‘मैले प्रधानमन्त्री हुने सम्भावना हुँदा मात्रै म जान्छु भन्दा उहाँ (ओली) ले मै छु नि प्रधानमन्त्री, मैले के गल्ती गरेको छु र हट्ने ? भन्नुभयो ।’ गौतमले प्रचण्ड ब्याक भएको प्रसंग निकाल्दै भने, ‘हिजोसम्म प्रचण्ड कमरेडले तपाईंलाई ल्याउन मैले के–के गर्न सक्छु, सबै गर्छु भन्नुभएको थियो । उहाँ पनि संविधान संशोधनमा ब्याक हुनुभएछ ।’ गौतमलाई ओली–प्रचण्ड दुवैले साथ नदिएपनि उनी सांसद बन्ने र प्रधानमन्त्री बन्ने बाटो तत्कालका लागि बन्द भएको छ । पछिल्ला केही महिनायता गौतम प्रचण्ड निकट भएपनि उनलाई प्रचण्डले समेत धोका दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाबाट उम्मेदवार बनेका गौतम नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १९ २०७६०१:४४:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend