आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राष्ट्रियसभाको निर्वाचनका लागि कांग्रेसले टुंगो लगायो उम्मेदवार (नामावलीसहित )

राष्ट्रियसभाको निर्वाचनका लागि कांग्रेसले टुंगो लगायो उम्मेदवार (नामावलीसहित )

  • शनिवार, पौष १९ २०७६

  • 7.2K
    SHARES

  • काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारिको बैठकले राष्ट्रियसभाका १४ उम्मेदवारको टुंगो लगाएको हो। प्रदेश २ मा दुई सिटका लागि समाजवादी पार्टीसँग तालमेल गरेको भोलिपल्ट कांग्रेसले राष्ट्रिसभाका उम्मेदवारको टुंगो लगाएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १४ जना उम्मेदवारको टुंयो लगाएको र प्रदेश ६ का २ उम्मेदावारको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। उनले प्रदेश ६ का दूई उम्मेदवारको टुंगो पनि आजै साँझ लाग्ने जानकारी दिए। कांग्रेसले प्रदेश १ बाट निरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्यबाट उम्मेदवार बनाएको छ। प्रदेश २ का दुई सिट समाजवादी पार्टीलाई छाडेको कांग्रेसले नगिना यादव (महोत्तरी) महिला र भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गताको कोटाबाट उम्मेदवार बनाएको छ। त्यस्तै प्रदेश ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला, गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य र विमला गौचन (म्याग्दी) लाई महिला उम्मेदवार बनाएको छ। त्यस्तै प्रदेश ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसंख्यंक÷अपांगताबाट उम्मेदवार बनाएको छ भने प्रदेश ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य र तुलसी देवकोटा (कैलाली)लाई महिला कोटाबाट उम्मेदवार बनाएको छ। प्रदेश ६ को दुई कोटा भने कांग्रेसले टुंग्याएको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १९ २०७६०९:४७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend