आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवाविरुद्ध लिखित उजुरी हालेर चर्चामा आएका 'पूर्व क्यासिनो किङ' बजगाइँले बाँडे ५० वटा ज्याकेट

देउवाविरुद्ध लिखित उजुरी हालेर चर्चामा आएका 'पूर्व क्यासिनो किङ' बजगाइँले बाँडे ५० वटा ज्याकेट

  • शनिवार, पौष १९ २०७६

  • 5.6K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध लिखित उजुरी हालेर चर्चामा आएका पूर्व क्यासिनो किङ राजेन्द्र बजगाइँले पचास वटा ज्याकेट वितरण गरेर चर्चा कमाएका छन् । विवादास्पद व्यापारी बजगाइँले उखु किसानहरूलाई पचास वडा डाउन ज्याकेट वितरण गरेका हुन् । ज्याकेट वितरण गर्ने बेला पूर्व क्यासिनो किङ बजगाइँले आफू निकटका पत्रकार र फोटो पत्रकारहरूलाई साथमै माइतीघर मण्डलामा लगेका थिए । क्यासिनो किङ्ग बजगाइँले ठमेलबाट ज्याकेट किनेर माइतिघर मण्डलामा धर्नामा बसेका उखु किसानहरूलाई ५० वटा डाउन ज्याकेट दिएको उनले बताएका छन् । ‘उहाँहरू काँप्दै गरेको देखे’, विवादास्पद व्यापारी बजगाइँले भनेका छन्, ‘कठिनाइको महसुस भइरहेको थियो । हिजोबाट काठमाडौंमा चिसो बढेको छ, झरी परेको छ । मैले मानवीय हिसावले सहयोग गरेको हु । ५० जनालाई एकएक वटा डाउन ज्याकेट दिए ।’ नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका बजगाइँले पार्टीको हितमा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा काम गर्दै आएको भन्दै आलोचना हुँदै आएको छ । खोज पत्रकारिता केन्द्रले केही पहिला अगाडि सार्वजनिक गरेको रिपोर्टमा विवादास्पद व्यापारिक बजगाइँले नेपालको सम्पत्ति स्विजरल्याण्डको बैंकमा सम्पत्ति थुपारेको जनाएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १९ २०७६०६:१२:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend