शनिवार, पौष १९ २०७६
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघले कम्युनिस्ट सरकार माथि गम्भिर आरोप लगाएको छ । संघले वैदेशिक रोजगार व्यवसायीहरूलाई कम्युनिष्ट सरकारले दुश्मनका रुपमा हेरेको आरोप लगाएको हो । संघको नयाँ कार्यसमितिले आफ्नो १ सय दिनको कार्यकालको अवसरमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो अरोप लगाएको हो । संघले कम्युनिस्ट सरकार र वैदेशिक रोजगार व्यवसायीवीच सुमधुर सम्बन्ध हुनुपर्ने बताएको छ ।
संघका अध्यक्ष विष्णुप्रसाद गैरेले वैदेशिक रोजगार व्यवसायी र श्रम मन्त्रालयवीच सहमति र सहकाय हुनुपर्ने बताए । उनले व्यवसायीहरूलाई सस्तो लोकप्रियताका लागि निवर्तमान श्रम मन्त्री गोकर्ण विष्टले लगाएको एक सय कामदार विदेश पठाउनुपर्ने थ्रेस होल्डको विषयलाई सस्तो लोकप्रियताको संज्ञा दिए ।
उनले गलत ऐन र कानूनका कारण करिब चार सय व्यवसायीहरूको व्यवसाय नै धरापमा पर्ने अवस्था आएको भन्दै उनीहरूको रक्षाका लागि आफूहरू सुरक्षाका लागि पहिलो घेरामा उभिने बताए । गैरेले श्रम विभागले अनलाइन प्रवधान ल्याएको विषयमा असन्तुष्टि जनाए । व्यवसायी र रोजगारीमा जाने कामदारलाई नै समस्या पर्ने गरेर अनलाइनको व्यवस्था ल्याएको उनको भनाइ थियो ।
संघले कम्युनिस्ट सरकारका श्रम मन्त्रालयले र श्रम विभागले एकलौटी रुपमा वैदेशिक रोजगार व्यवसायीहरूलाई च्याप्ने गरे निर्णयहरू गरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।
संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार विमल ढकालले वैदेशिक रोजगार व्यवसायीहरूलाई वर्षमा एक सय जना कामदार रोजगारीमा पठाउन गरिएको निर्णय सस्तो लोकप्रियताका लागि भएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।