आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दशरथ रंगशालामा गरियो यति ठूलो भ्रष्टाचार, भिआइपी प्याराफिटको छानो एक महिनामै चुहियो

दशरथ रंगशालामा गरियो यति ठूलो भ्रष्टाचार, भिआइपी प्याराफिटको छानो एक महिनामै चुहियो

  • शनिवार, पौष १९ २०७६

  • 7.8K
    SHARES

  • काठमाडौं–दशरथ रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको खुलेको छ । रंगशालामा जडान गरिएको भिआइपी प्यारापिटको छानोबाट पानी चुहिन थालेको छ।

    प्यारापिटमा जडान गरिएको फ्याब्रिकबाट पानी चुहिन थालेपछि भिआइपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट भिजेका छन्। फ्याब्रिक गासिएको स्थानबाट पानी चुहिने समस्या देखिएको छ भने फ्याब्रिकबाट पानीको निकास भएको छैन। जसका कारण जम्मा भएको पानी फेरि भिआइपी प्यारापिटमै झरेको छ।

    राष्ट्रिय खेलकुद परिषदले दशरथ रंगशालामा गत महिना फ्याब्रिकको प्यारापिट जडान गरेको थियो। चीनबाट खरिद गरिएको प्यारापिटका लागि साढे चार करोड खर्च भएको छ। यो रकम भ्याट बाहेकको हो। प्यारापिट आउन ढिलाइ भएपछि खेलकुद परिषद्ले एयर कार्गोमा ५२ लाख रुपैयाँ खर्च गरेर ल्याएको थियो। जसका कारण ढुवानीमा पाँच गुणा बढी खर्च भएको थियो।

    गत महिना आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापनका लागि खेलकुद परिषद्ले अन्तिम समयमा प्यारापिट गरेको थियो।

    पाँच करोड खर्च भएको प्यारापिट चुहिन थालेपछि राष्ट्रिय खेलकुद परिषदले प्यारापिटको डिजाइन परिवर्तन गर्ने भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १९ २०७६०४:५३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend