आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पौडेल–कोइराला गुटमा ठूलो फुट, सिटौलाले थाले देउवासँग छुट्टै वार्ता

पौडेल–कोइराला गुटमा ठूलो फुट, सिटौलाले थाले देउवासँग छुट्टै वार्ता

  • मंगलवार, पौष १५ २०७६

  • 4.1K
    SHARES

  • काठमाडौं – सभापति शेरबहादुर देउवालाई गलाउने रणनीतिसहित नेपाली कांग्रेसभित्र बनेको वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा ठूलो फुट आएको छ । रामचन्द्र पौडेल, शशांक कोइराला र कृष्णप्रसाद सिटौला गुटले सामूहिक रुपमा देउवाविरुद्ध मोर्चाबन्दी गरिरहेका बेला सिटौला समूह छुट्टिएर सभापति देउवासँग छुट्टै वार्ता गर्न अघि सरेको हो । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको बहुमत र बहिष्कारको राजनीति अन्त्य गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । सिटौलाले बहुमतबाट केन्द्रीय समितिले १४ औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरिनु पार्टी परम्पराविपरीत निर्णय भएको भन्दै सच्याउन सभापति देउवालाई आग्रह गरेका छन् । ‘पुस ११ गते केन्द्रीय समितिको बैठक जसरी सम्पन्न भयो, यो पार्टीको परम्परा विपरीत त छ नै, साथै आजको विषम परिस्थितिमा पार्टी र लोकतन्त्रको हित विपरीत पनि छ । पार्टीको महाधिवेशन जस्तो सर्वाधिक महत्त्वपूर्ण विषयको कार्यतालिका र कार्यविधि बहुमत–अल्पमतबाट निर्णय गर्ने कुरालाई कुनै पनि तर्क, बहाना वा परिस्थितिले यसको औचित्य पुष्टि गर्न सक्दैन,’ सिटौलाले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘पार्टीभित्र देखिएको बहुमत र बहिष्कारको स्थिति तत्काल अन्त्य गरी पार्टीभित्र बृहत्तर एकताका लागि पार्टी सभापतिका रुपमा पहल गर्न आग्रह गर्दछु ।’ नेता सिटौलाले मंगलबार सभापति देउवालाई भेटेरै ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार नै पत्रकारसँगको भेटमा कांग्रेस नेता प्रकाशमान सिंहले गलत निर्णय नसच्चिएसम्म अब कुनै केन्द्रीय समिति बैठकमा सहभागी नहुने बताएका छन् । ‘पार्टी हित विपरीत एउटा देउवाको हठले भएको निर्णय नसच्चिएसम्म हामी कुनै पनि केन्द्रीय समिति बैठकमा सहभागी हुन सक्दैनौं,’ सिंहले भने, ‘बहुमतको बलले मात्र पार्टी चल्दैन भन्ने कुरा सभापतिले बुझ्नु जरुरी भइसकेको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १५ २०७६०३:०२:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend