आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सार्वभौम संसदलाई बन्धक बनाउने ओली–प्रचण्डको ‘ग्याङ फाइट’ !

सार्वभौम संसदलाई बन्धक बनाउने ओली–प्रचण्डको ‘ग्याङ फाइट’ !

  • मंगलवार, पौष १५ २०७६

  • 5.9K
    SHARES

  • काठमाडौं – संविधानतः प्रतिनिधिसभा सार्वभौम हो, यसमा सरकारको छायाँ पर्नु हुँदैन । कुनै राजनीतिक दल वा समूहको छायाँ त झन् पर्ने कुरै भएन । प्रतिनिधि सभाको हिउँदे अधिवेशन निरन्तर अगाडि बढ्नुपर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भित्रभित्रै चलिरहेको ‘ग्याङ फाइट’को असर संसद सञ्चालनमा देखिएको छ । रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्र्ने संसदमा नेकपाभित्र सभामुखको उम्मेदवार चयन नहुँदा संसद बैठक सूचना टाँसेर स्थगित गर्ने गरिएको छ । संसदमा नागरिकतादेखि संघीय प्रहरी लगायतका दजनौं ऐनहरू विचाराधीन छन्, संसदको सभामुख चयन गर्नुपर्ने जिम्मेवार पनि प्रतिनिधि सभाकै हो । तर पुस ४ गते पहिलो दिन राष्ट्रपतिले अधिवेशन आह्वान गर्दै पठाएको पत्र पढेर सुनाएको संसद बैठक नियमित बस्न सकेको छैन । भोलिपल्ट बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो भने मंगलबार पनि पुस २७ गते १ बजे बस्ने गरी बैठक सूचना टाँसेर स्थगित गरिएको छ । संसद बैठक अगाडि बढ्न नसक्नुको मुख्य कारण नेकपाभित्र ओली–प्रचण्ड गुटबीच आ–आफ्नै गुटका व्यक्तिलाई सभामुखको उम्मेदवार बनाउने विषयको रस्साकस्सी र ग्याङ फाइट रहेको स्रोतले जनाएको छ । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना निकालेर १६ गतेका लागि बोलाइएको बैठक २७ पुसका लागि सारेका छन् । अध्यक्षद्वयबीच सभामुखबारे छलफल भएपनि सहमति जुट्न सकेको छैन । पार्टी एकताअघि नै सभामुख पद तत्कालीन माओवादीको भागमा परेकाले अब कसलाई सभामुख बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडानमा अध्यक्ष प्रचण्ड छन् । प्रचण्डले पूर्व एमालेले राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष जस्ता पद पाइसकेकाले सभामुखमा आफूले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने दाबी राखेका छन् । पूर्व माओवादीबाट सभामुख हुँदा अग्नि सापकोटाको सम्भावना बढी देखिएको छ । नेताहरू देव गुरुङ, पम्फा भुसाल र ओनसरी घर्ती मगर समेत सभामुखको रेसमा छन् । प्रधानमन्त्री ओली भने सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् । पूर्व एमालेबाट वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि सभामुखमा दाबी गरेकी छन् । नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सत्तारुढ दलले सभामुखमा सहमति जुटाउन नसकेकै कारण संसद सरेको सर्‍यै हुनु राम्रो नभएको बताइन् । ‘सभामुखको निर्वाचन चाँडै होस्, हामीले सदनमा प्रतिपक्षीको भूमिका खेल्न पाइयोस् भन्ने हाम्रो चाहना हो । तर सत्तारुढ दलले सभामुखमा सहमति जुटाउन नसकेको संकेत देखियो,’ उनले भनिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १५ २०७६०१:३१:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend