आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवाले बोलाए केन्द्रीय कार्यसमितिको बैठक

देउवाले बोलाए केन्द्रीय कार्यसमितिको बैठक

  • मंगलवार, पौष १५ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा र सभामुख निर्वाचनको विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । केन्द्रीय कार्यसमितिको बैठक पुस १७ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थितिका लागि सभापति देउवाले निर्देशन दिएका छन् । पार्टी सभापति देउवा र अन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहवीच विवाद चलिरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । बैठकमा पौडेल समूह र नेता कृष्णप्रसाद सिटौला समूह सहभागी हुन्छ वा हुँदैन केही भनिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १५ २०७६०८:५४:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend