आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डको गृहजिल्लामा नेकपाका विद्यार्थीको गुण्डागर्दी, क्याम्पसमा तोडफोड

प्रचण्डको गृहजिल्लामा नेकपाका विद्यार्थीको गुण्डागर्दी, क्याम्पसमा तोडफोड

  • आइतवार, पौष १३ २०७६

  • 4.4K
    SHARES

  • चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा नेकपा समर्थित विद्यार्थीले गुण्डागर्दी देखाएका छन् । नेकपाको भातृ संगठन अनेरास्ववियूका विद्यार्थीले दादागिरी देखाउँदै भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणगढको बालकुमारी क्याम्पसमा तोडफोड गरेका हुन् । तोडफोडबाट क्याम्पसका झ्यालका सीसा फुटेका छन् । पब्लिक क्याम्पस संघ चितवनले ११ र १२ कक्षामा २५ प्रतिशत, स्नातक कार्यक्रममा ३० प्रतिशत, सेमेस्टर प्रणालीमा १२ प्रतिशत तथा स्नातकोत्तर तहमा २५ प्रतिशत शुल्क वृद्धि गरेको थियो । क्याम्पसले एक्कासी शुल्क वृद्धि गरेपछि नेकपाका विद्यार्थी आक्रोशित भएका अनेरास्ववियू सप्तगण्डकी क्याम्पस इकाई अध्यक्ष हरि आचार्यले बताएका छन् । कम्युनिस्ट सत्ताको आडमा गुण्डागर्दी हुन थालेपछि क्याम्पस प्रशासन त्रसित बनेको छ । शैक्षिक वातावरण खल्बलिने गरी भएको घटनाको शैक्षिक संस्थाले आपत्ति जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १३ २०७६०३:५३:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend