आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भीम रावलले कर्तुत पर्दाफास गर्दा बालुवाटारमा खैलाबैला, सूर्य थापाले यस्तो लेखे !

भीम रावलले कर्तुत पर्दाफास गर्दा बालुवाटारमा खैलाबैला, सूर्य थापाले यस्तो लेखे !

  • सोमवार, पौष ७ २०७६

  • 5.2K
    SHARES

  • काठमाडौं – विगत एक हप्तासम्म चलेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आईतबार सकियो । बैठक सञ्चालनका क्रममा नेता भीम रावलले सरकारका कामकारवाही, पार्टी सञ्चालन प्रक्रिया र अमेरिकी सहयोग एमसीसीबारे थुप्रै कर्तुत पर्दाफास गरे । स्थायी कमिटी बैठक सकिएपछि केही सञ्चारमाध्यमले बैठकका निर्णयबारे नेता भीम रावललाई प्रश्न गरे । रावलले सञ्चारकर्मीलाई स्थायी समिति बैठकका निर्णयबारे फटाफट जानकारी दिए । तर भीम रावलले सञ्चारकर्मीमाझ बोलेकोमा नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन् । भीम रावलको बोलीले बालुवाटारमा खैलाबैला भएको विषय सूर्य थापामार्फत प्रकट भएको छ । आईतबार राति थापाले आफ्नो फेसबुकमा भीम रावलले मिडियासामू बोलेको भिडियो शेयर गर्दै त्यसको कडा आलोचना गरेका छन् । पार्टीका निर्णय सुनाउने जिम्मा पार्टी प्रवक्ताको भएकोले रावलले प्रवक्ताको काम गर्नु अराजक व्यवहार भएको आरोप थापाले लगाएका छन् । ‘कमरेड भीम रावल सुदूरपश्चिम प्रदेश समन्वय कमिटी इन्चार्ज रहनुभएको छ । अनि प्रवक्ताको काममा यो के को अभ्यास हो ?’ थापाले लेखेका छन्, ‘कुन काम कसको जिम्माको हो ? ख्याल गरिदिने कसले हो त ? अन्यथा, कार्यविभाजनबाट निर्धारित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ता जस्तो बनेर प्रस्तुत हुने अराजकता हाबी हुन्छ ।’ पार्टीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय प्रचार तथा प्रकाशन विभागको प्रमुख र आफूलाई उपप्रमुख बनाएको स्मरण गराउँदै थापाले पार्टीका निर्णय बाहिर ल्याउने जिम्मा आफूहरुको भएको भन्ने प्रस्ट्याउन खोजेका छन् । ८ घण्टापछि सोमबार बिहान थापाले फेसबुकको स्टाटस भने डिलिट गरेका छन् । राजनीतिक प्रतिवेदन पारित गर्न प्रस्ताव गर्ने बेला महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच चर्काचर्की परेको थियो । अध्यक्ष दाहालले प्रतिवेदन सुझाव समेटेर परिमार्जन गर्ने भन्दै पारित गर्न प्रस्ताव गरेका थिए । प्रतिवेदनमा एमसीसीबारे प्रस्टता नभएको भन्दै भीम रावलले आफ्नो फरक मत रहेको जनाएका थिए । उनले १० पृष्ठको लिखित फरक मत बैठकमा देखाएका थिए । अध्यक्ष दाहालले सम्झाएपछि रावलले फरक मत फिर्ता लिएको घोषणा गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष ७ २०७६०२:१३:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend