कृष्णप्रसाद पहाडी काठमाडौं– भ्रष्टाचारविरूद्ध सामाजिक सञ्जालबाट सुरू भएको जेन–जी पुस्ताको दुई दिने आन्दोलनका क्रममा मुलुकले ठूलो जनधनको क्षति भोग्नु प¥यो । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७४ जनाको ज्यान गयो भने निजी र सार्वजनिक सम्पत्तिमा अकल्पनीय क्षति पुग्यो ।
जेन–जी पुस्ताको आन्दोलनले तत्कालीन प्रतिनिधिसभाका दुई ठूला दल मिलेर बनेको शक्तिशाली सरकार पतनमात्र भएन, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर ज्यान जोगाउन सरकारी निवास बालुवाटारबाट भाग्नु पर्ने अवस्था आयो ।
दोस्रो ठूलो दललाई सघाएको ठूलो दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि बूढानीकलण्ठस्थित निवासमा आन्दोलनकारीको साङ्घातिक आक्रमण भयो । देउवालाई धर्मपत्नी (तत्कालीन परराष्ट्रमन्त्री) डा. आरजु राणा देउवाका साथ रगताम्य अवस्थामा सुरक्षाकर्मीले उद्दार गर्नुप¥यो ।
साङ्घातिक आक्रमणबाट घाइते भएका सभापति देउवाको उपचार चलिरहेकै बेला कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चरमोत्कर्षमा पुगेको छ । कांग्रेसमा विशेष गरेर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेतृत्व परिवर्तनको विषयमा मुखरित देखिन्छन् ।
उनीहरू नियमित वा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर अन्तरिम सरकार गठनसँगै तय भएको आगामी निर्वाचनमा जानुपर्ने पक्षमा देखिन्छन् । तर, सभापति देउवानिकट नेताहरू भने अस्पतालमा उपचार भइरहेकै अवस्थामा नेतृत्वको विकल्प खोज्न थालिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

यसैबीच महामन्त्रीद्वय थापा र शर्माको नेतृत्व परिवर्तनको पछिल्लो प्रयासमा बल पुग्ने गरी एक सय नौजना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियानको सुरूवात गरेका छन् ।
उनीहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनका लागि सुरू गरिएको हस्ताक्षर अभियानमा जोडिन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
मुलुकको पछिल्लो परिस्थितिको गम्भीरतालाई बोध गरेर विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय कार्यसमितिले मनन् गर्ने सम्भावना क्षीण बन्दै गएकाले महाधिवेशन प्रतिनिधिहरूमा रहेको वैधानिक अधिकारको उपयोग गर्दै तयारीमा लाग्ने संकल्प लिएको उनीहरूको दाबी छ ।
‘पार्टीलाई यथास्थितिमा राख्ने कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो । आजको विषम परिस्थिति र संकटबाट नेपाली कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समितिमात्र होइन हाम्रो पनि उत्तिकै दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ, ‘इतिहासको यस संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरवस्थाबाट निकालेर समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको प्रक्रियामा सामेल हुन आग्रह गर्दछौँ ।’
हस्ताक्षर संकलन अभियानमा लागेकाहरूले परिवर्तित राजनीतिक अवस्था र विषम राजनीतिक परिवेशमा कांग्रेस मुकदर्शक रहन नमिल्ने भन्दै पछिल्लो अवस्था सिर्जना हुनुको कारण र कारक पक्षबारे अविलम्ब समीक्षा गरेर निर्णयमा पुग्नुलाई प्राथमिक र ऐतिहासिक आवश्यकताका रूपमा लिएका छन् ।

‘नेपाली कांग्रेसको स्थापनाकालदेखि नै पार्टी सामु धेरै संकटहरु उत्पन्न भए । हामीले ती सबै संकट र चुनौतीहरूसँग मुकाविला ग¥यौँ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रमाथिका हरेक संकटको सामना गर्दै पार्टीमाथिका आक्रमणलाई परास्त गर्दै आएका छौँ । तसर्थ, यतिवेला उत्पन्न संकटलाई कसरी सामना गर्ने र भविष्यको यात्रा तय गर्ने भन्ने चुनौती हाम्रो अगाडि आइपरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकार र पार्टी सञ्चालनका विषयमा आफूहरूले विगतमा पटक–पटक आलोचनात्मक र सिर्जनात्मक सुझाव दिएको र भविष्यमा उत्पन्न हुने सक्ने संकटका बारेमा समेत जानकारी गराएको उनीहरूको जिकिर छ । ‘तथापि, न त सरकार, न त पार्टीले नै सुनुवाई गर्न सक्यो । न त आफूलाई सच्याउन तयार भयो,’ अभियानकर्ताहरूको भनाइ छ, ‘नेतृत्वका कार्यशैलीका बारेमा बारम्बार प्रश्न उठाउने पार्टीका साथीहरुलाई किनारामा धकेल्ने र विभेदपूर्ण व्यवहारसमेत भएको कुरा दुःखका साथ स्मरण गराउन चाहन्छौँ ।’
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार साथीहरु,
सर्व प्रथम गत भाद २३ र २४ गते जेन–जी पुस्ताको आव्हानमा भएको आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण नेपाली आमाका सपूतहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तम परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ। आन्दोलनकै क्रममा घाइते भई उपचाररत रहनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
उक्त आन्दोललाई निर्ममतापूर्वक दमन गर्ने तत्कालीन सरकारको बर्बर र अमानवीय कार्यको घोर निन्दा एवं भत्र्सना गर्दै आन्दोलन दमनमा संलग्न व्यक्तिहरू उपर छानबिन गरी अविलम्ब कडाभन्दा कडा कारबाहीको माग गछौँ ।
‘जेन–जी’ आन्दोलनमाथिको दमनको विरोधमा भाद्र २४ गते भडकिएको भिडले नेपालको मुख्य प्रशासनिक केन्द्र तथा ऐतिहासिक भवन सिंहदरवार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति कार्यालय शीतल निवासलगायतका विभिन्न सरकारी संरचना तथा व्यापारिक एवं सञ्चार गृह र निजी सम्पत्तिमाथि भएको तोडफोड, आगजनी र लुटपाटको घोर भत्र्सना गर्दै सो कार्यमा संलग्न व्यक्तिहरू आन्दोलनलाई बदनाम गराउने तत्वहरु हुन् भन्ने हाम्रो ठहर छ ।
यस्ता घृणित तत्वहरु उपर आवश्यक छानबिन गरी कडाभन्दा कडा कारबाही होस् भन्ने हाम्रो माग रहेको छ । यसैक्रममा गत भाद्र २४ गते नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा तथा उहाँको परिवारमाथि भएको सांघातिक तथा अमानवीय आक्रमणको निन्दा एवं भत्र्सना गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
आजको परिवर्तित राजनीतिक अवस्था र विषम राजनीतिक परिवेशमा नेपाली कांग्रेस मुकदर्शक रहन मिल्दैन । नेपालमा यस्तो अवस्था कसरी सिर्जना भयो ? यसको कारण के हो ? र कारक पक्ष को हा े? भन्ने विषयमा अविलम्ब समीक्षा गरी निर्णयमा पुग्नु आजको प्राथमिक तथा ऐतिहासिक आवश्यकता हो ।
नेपाली कांग्रेसको स्थापनाकालदेखि नै पार्टी सामु धेरै संकटहरु उत्पन्न भए । हामीले ती सबै संकट र चुनौतीहरूसँग मुकाविला ग¥यौँ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रमाथिका हरेक संकटको सामना गर्दै पार्टीमाथिका आक्रमणलाई परास्त गर्दै आएका छौँ । तसर्थ, यतिवेला उत्पन्न संकटलाई कसरी सामना गर्ने र भविष्यको यात्रा तय गर्ने भन्ने चुनौती हाम्रो अगाडि आइपरेको छ ।
आजको अवस्था र परिस्थिति आउनुमा कतै विगतमा हामीले अख्तियार गरेका नीति, लिएका निर्णयहरू, चालिएका कदम र हामीले गरेका काम कारबाही त जिम्मेवार छैनन् ? देशमा व्याप्त भ्रष्टाचार, कुशासन, बेथिति, समाजमा फैलिएको असन्तोष र चुलिँदै गएको जनआक्रोशका लागि कतै हामी त जिम्मेवार छैनौँ ? यसबारे निर्मम समीक्षाको खाँचो छ । आज पार्टी सामु गम्भिर प्रश्नहरु उठेका छन् । यसको सामना गर्नु पर्ने बाध्यता हाम्रा लागि निकै कष्टकर तर पन्छाउनै नसकिने पत्रहरू पहाड बनेर खडा भएका छन् ।
सरकार र पार्टी सञ्चालनका विषयमा पनि हामीले विगतमा धेरै पटक आलोचनात्मक र सिर्जनात्मक सुझाव दिएकै हा े। साथै भविष्यमा उत्पन्न हुने सक्ने संकटका बारेमा पनि अवगत गराएकै हो । तथापि, न त सरकार, न त पार्टीले नै सुनुवाई गर्न सक्यो । न त आफूलाई सच्याउन तयार भयो । नेतृत्वका कार्यशैलीका बारेमा बारम्बार प्रश्न उठाउने पार्टीका साथीहरुलाई किनारामा धकेल्ने र विभेदपूर्ण व्यवहारसमेत भएको कुरा दुःखका साथ स्मरण गराउन चाहन्छौँ ।
तसर्थ, यी सबै विषयमा छलफल गरी विगतका गल्तीहरुप्रति आम देशबासी तथा शुभेच्छुक समर्थकहरूसँग क्षमा माग्न र सुधारिएर भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्को उपयुक्त थलो वा माध्यम छैन, हुन पनि सक्दैन ।
तसर्थ, देशको वर्तमान अवस्थाको गम्भीरता, पार्टीको अवस्था र नेतृत्वमाथि उठेका विभिन्न प्रश्नहरू निरुपण गर्दै आगामी बाटो तय गर्न विशेष महाधिवेशनको आवश्यकता महसुस गरी हामी तपशिलका महाधिवेशन प्रतिनिधीहरू नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई यस अभियानमा जोडिन विनम्रतापूर्वक आग्रह गर्दछौँ ।
वर्तमान परिस्थितिको गम्भीरता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकार समेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन् गर्ने सम्भावना क्षीण वन्दै गएकाले हामी महाधिवेशन प्रतिनिधिहरूमा रहेको वैधानिक अधिकारको उपयोग गर्दै तयारीमा लाग्ने संकल्प लिएका छौँ ।
यो पार्टीलाई यथास्थितिमा राख्ने कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो । आजको विषम परिस्थिति र संकटबाट नेपाली कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समितिमात्र होइन हाम्रो पनि उत्तिकै दायित्व हो । इतिहासको यस संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरवस्थाबाट निकालेर समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको प्रक्रियामा सामेल हुन आग्रह गर्दछौँ ।

मितिः २०८२÷०६÷०६
विशेष महाधिवेशनको प्रक्रियामा सामेल हुन आग्रह गर्ने नेता
गुरुराज घिमिरे
जनकराज गिरी
रामपल्टन साह
सुरज काफ्ले
मेदनी सिटौला
प्रविण ओझा
दिक्पाल शाही
युवराज पाण्डे
टीका गुरूङ
कृष्ण रिजाल
ऋषिकेश तिवारी
युवराज भट्टराई
वीरबहादुर राना
सुरेन्द्रराज आचार्य
मुकेश घिमिरे
देवराज चालिसे
तारानाथ दाहाल
विनोद खनाल
रुद्र कन्दङ्वा
कुमार लुइटेल
डिल्लीराम गिरी
रुद्रबहादुर गिरी
निमा गिरी
रेखा यादव
अमृत ज्ञवाली
दिनेश कार्की
महेश कार्की
विष्णुप्रसाद खनाल
भरतबहादुर खड्का
नारायणप्रसाद भट्टराई
उज्जवल बराल
टेकराज पौडेल
प्रफुल्ल घिमिरे
पुष्प शर्मा
मानबहादुर रावल
गोमा केसी
मानवहादुर लिम्बू
विष्णुदेवी पाण्डे
द्रोणबहादुर खड्का
रघुरमण न्यौपाने
विनोद यादव
रुद्रप्रसाद अधिकारी
महेन्द्रध्वज जीसी
रघुनाथ पौडेल
केशर निर्दोषी
रामसरोज यादव
जगदीश उपाध्याय
शेख वकिल
प्रकाश पौडेल
शिव सुनार
हरिप्रसाद श्रेष्ठ
रीता शाही
बजरंग नेपाली
भीम श्रीस
गीता गुरुङ
बिमला नेपाली
रामचन्द्र जोशी
नरेन्द्र केरुङ
देवेन्द्र गुरुङ
सीता काफ्ले
लालकाजी गुरुङ
राम शर्मा
सम्झना बर्मा
गणेश भट्ट
रेशम बानियाँ
शोभा अधिकारी
प्रेमध्वज लामा
महन पोखे्रल
उद्धिप राई
निर्मला खड्का
गिरिजाप्रसाद कोइराला
सुवास लोहनी
दीपेन्द्र श्रेष्ठ
गजेन्द्र कार्की
भगवती राई
नम्रता बराल
सन्तोष सुब्बा
प्रभाकर थापा
धिरेन्द्र मोहन झा
अमिता प्रधान
रामकृष्ण मण्डल
तारा हाङतावा
गोविन्द रानाभाट
इन्द्र रिजाल
प्रेम पौडेल
नविन थापा
गोविन्दबहादुर मल्ल
हिम रावल
बलबहादुर कुँवर
चतुरबहादुर चन्द
श्रीराम उपाध्याय
कुमारी हायु
माया बस्नेत
उपेन्द कुसवाह
शक्तिराज राई
योगेन्द्र रावल
चित्र केसी
धर्मराज राई
रीता सेन
हृदयनारायण यादव
बालकृष्ण घिमिरे
चेतन पौडेल
मनोज भट्ट
चिरन्जीवी पौडेल
कृष्णब्रत सिंह
राजेन्द्रप्रसाद बुर्लाकोटी
अष्टभुजा पाठक
विधानमा के भनिएको छ ?
कांग्रेसको विधानअनुसार तीनवटा अवस्थामा पार्टी विशेष महाधिवेशनमा जाने सकिन्छ । पहिलो, विधानको धारा १७ (२) बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यकता महसुस गरे विशेष महाधिवेशन बोलाउन सक्छ ।
दोस्रो, सोही धाराअनुसार केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गर्न सक्छन् ।
‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ,’ विधानको धारा १७ (२) मा भनिएको छ ।
तेस्रो, केन्द्रीय सभापतिले पदबाट राजीनामा दिएमा वा कुनै कारणले पद रिक्त हुन गएको अवस्थामा पनि विशेष महाधिवेशन आयोजना गरेर नयाँ नेतृत्व छनौट गर्ने विधानमा व्यवस्था छ ।
विधानको धारा २६ अन्तर्गत ‘केन्द्रीय सभापतिको राजीनामा’ राखेर विधानमा निम्नानुसार लेखिएको छ ।
(१) केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उप–सभापतिमार्फत् केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने छ ।
(२) केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उप–सभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने छ र ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।
(३) अन्य कुनै कारणबाट केन्द्रीय सभापतिको पद रिक्त हुन आएमा उपधारा (२) बमोजिम गरिने छ । जेन–जी पुस्ताको आन्दोलनले विकसित राजनीतिक घटनाक्रम पछि विशेष महाधिवेशनमार्फत् नेतृत्व परिवर्तनका लागि महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानको धारा १७ (२) अनुसार हस्ताक्षर संकलन अभियान सुरू गरेका हुन् ।
उनीहरूको नेतृत्व परिवर्तनको प्रयास सफल हुन्छ वा हुँदैन ? अहिले नै भन्न सकिने अवस्था भने छैन । तर, कांग्रेसले यसअघि वि.सं. २०१४ मा विशेष महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेर पहिलो आम निर्वाचनमा गएको इतिहास छ ।
पार्टीको नीति ‘प्रजातान्त्रिक समाजवाद’ हुने घोषणा गरेको छैटौं महाधिवेशनले सुवर्ण शमशेरलाई चार वर्षका लागि सभापतिमा निर्वाचित गरेको थियो । २०१२ माघ ९ गतेबाट वीरगञ्जमा आयोजित उक्त महाधिवेशनले पारित गरेको नीतिअनुसार नै कांग्रेस अहिले पनि चलिरहेको छ ।
तर, वीरगञ्ज महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको डेढ वर्ष नपुग्दै सुवर्ण शमशेरले विशेष महाधिवेशन बोलाएका थिए । २०१४ जेठ ११ गते विराटनगरमा विशेष महाधिवेशन आयोजना गरिएको थियो । दुई दिनसम्म चलेको विशेष महाधिवेशनले विश्वेश्वरप्रसाद कोइरालालाई पुनः सभापतिमा सर्वसम्मत चयन गरेको थियो ।
विराटनगरको विशेष महाधिवेशनपछि सभापति विश्वेश्वरप्रसाद कोइरालाले पहिलो आमनिर्वाचन (२०१५) लाई ध्यानमा राखेर पार्टी कार्यालयको व्यवस्था मिलाउँदै जिल्ला–जिल्लाबाट कांग्रेसमा आएको सुस्ती र कार्य तत्परताको कमीसम्बन्धी गुनासो अन्त्य गरी केन्द्रलाई मजबुत बनाउँदै गएका थिए ।
तत्कालीन राजा महेन्द्र शाहले २०१५ साल फागुन १ गते जारी गरेको संविधानको धारा १८ देखि २२ सम्म संसद् र संसद् गठनबारे व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार २०१५ चैत २८ गते नेपालमा पहिलो प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो ।
‘नेपालको निर्वाचन इतिहास–१’ पुस्तकअनुसार उक्त प्रतिनिधिसभाको निर्वाचन २०१५ साल फागुन ७ गतेबाट प्रारम्भ भएर विभिन्न चरणमा सम्पन्न गर्ने क्रममा ४५ दिनमा पूरा भएको थियो । निर्वाचनको अन्तिम परिणामको घोषणा २०१६ साल वैशाख २८ गते भएको थियो ।
विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा पहिलो संसदीय चुनावमा प्रतिष्पर्धा गरेको कांग्रेसले १०९ सीट मध्ये दुईतिहाइ बहुमत (७४ सिट) पाएको थियो । कम्युुनिस्ट पार्टीले ४ सीट मात्रै जितेको थियो ।
कांग्रेसपछि प्रमुख प्रतिपक्षी दल बनेको नेपाल राष्ट्रवादी गोरखा परिषदले १९ सीट जितेको थियो । त्यस्तै संयुक्त प्रजातन्त्र पार्टीले ५ सीट जितेको थियो भने नेपाल प्रजा परिषद (कोदालो) ले २ सीट र नेपाल प्रजापरिषद (हलो) ले एक सीट जितेका थिए । स्वतन्त्र उम्मेदवारले ४ सीट जितेका थिए ।

चुनावमा भाग लिएका ९ दलमध्ये तराई कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक महासभाले शून्य सीटमा चित्त बुझाउनुपरेको थियो । नेपाली कांग्रेसले त्यसबेला देशभरिबाट ६ लाख ६६ हजार ८९८ मत पाएको थियो भने कम्युनिस्ट पार्टीले पाएको मत १ लाख २९ हजार १४२ थियो ।
गोर्खा परिषदले ३ लाख ५ हजार ११८ मत पाएको थियो भने संयुक्त प्रजातन्त्र पार्टीले १ लाख ७७ हजार ४०८ मत पाएको थियो । कम्युनिस्ट पार्टी मत र सीट दुबै हिसाबले चौथो शक्ति बनेको थियो ।
२०१५ को संसदीय चुनावमा मतदाताको संख्या ४२ लाख ४६ हजार ४६८ थियो । निर्वाचनमा ४२.१८ प्रतिशत मतदाताले मात्रै मतदान गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।