आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अमेरिकामा चार जना नेपाली मृत भेटिए

अमेरिकामा चार जना नेपाली मृत भेटिए

  • एजेन्सी
  • शनिवार, जेठ २५ २०८२

  • 828
    SHARES

  • अमेरिकामा चार जना नेपाली मृत भेटिए

    काठमाण्डौ । अमेरिकामा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसार पार्क नजिक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष बिहीवार मृत भेटिएका हुन् ।

    ज्यान गुमाउनेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिका रहेका छन् । उनीहरुको गोली लागेर ज्यान गएको पाइएको छ । मृतकको नेपालको ठेगाना खुलिसकेको छैन । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    एनबीसी वासिङ्टन (न्यूज ४) का अनुसार घटनापछि छिमेकीले मृतकहरू झन्डै छ महिना अघि त्यहाँ बसाइ सरेर पुगेको जानकारी दिएका छन् । घटनाको अनुसन्धान चलिरहेको र थप विवरण प्राप्त हुन सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २५ २०८२१०:०६:५७

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend