अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
अमेरिकाले अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई आफ्नो देशमा यात्रामा पूर्ण प्रतिबन्ध लगाएको हो ।
यसबाहेक बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई पनि यात्रामा आंशिक प्रतिबन्ध लगाइएको ह्वाइट हाउसले जनाएको छ ।
ट्रम्पले आफ्नो देश र नागरिकलाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउन प्रतिबन्ध लगाएको बताउनुभएको बीबीसीले जनाएको छ । यो घोषणा आउँदो सोमवार जुन ९ तारिखदेखि लागू हुनेछ ।
ट्रम्पले केही देशहरूबाट यात्रा प्रतिबन्ध लगाउने आदेश दिएको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा पनि उहाँले केही देशलाई यात्रा प्रतिबन्ध गर्ने यस्तै आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।