शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

संसद्को बजेट अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

संसद्को बजेट अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

  • मिडिया डबली डेक्स
  • शुक्रवार, बैशाख १२ २०८२

  • 558
    SHARES

  • संसद्को बजेट अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

    काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आन सुरु हुँदैछ।

    संसद्‍‍को दुवै सदनको अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ। यो बजेट अधिवेशन भए पनि सरकारले शिक्षा विधेयक यही अधिवेशनमा पेश गर्ने प्रतिबद्धता जनाएको छ। 

    शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिको अभ्यासभन्दा साताअघि नै अधिवेशन बोलाउन सिफारिस गरेको थियो। 

    विद्यालय शिक्षा विधेयक पारितलगायतका माग राखेर शिक्षक तीन सातादेखि आन्दोलनमा छन्। यस्तै सङ्घीय निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब पनि सरकारमाथि छ । 

    दलहरूले पनि बर्खे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे आ–आफ्नो तयारी गरेका छन्। प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले बजेट अधिवेशनमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। 

    बैठकले विद्यालय शिक्षा विधेयक अघि बढाउन दबाब दिने निर्णय पनि गरेको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले देश र जनताको हितमा संसद्‌मा प्रभावकारी भूमिका खेल्ने र बजेट अधिवेशनको छलफलमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। 

    बजेट अधिवेशनको पहिलो दिन नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेको तर्फबाट गोकर्ण विष्टले संसद्‌मा पार्टीको तर्फबाट धारणा राख्नने कार्यसूची छ। 

    प्रधानमन्त्री ओलीले बजेट अधिवेशनको सुरुमै बोल्ने कार्यसूची तय भए पनि विपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका छन्। माओवादीको तर्फबाट कसले बोल्ने भन्ने टुङ्गो लागेको छैन। रास्वपाले संसद बैठकमा डीपी आर्यालले बोल्ने तय गरिसकेको छ।

    यो बजेट अधिवेशनको पहिलो बैठकमा शून्य र विशेष समयको कार्यसूची राखिएको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १२ २०८२०६:४७:०२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend