आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

धम्कीपूर्ण शैलीमा प्रवक्ता शाहीले भने : संयमित नभए प्रहरीका परिवारसमेत खोज्छौं

धम्कीपूर्ण शैलीमा प्रवक्ता शाहीले भने : संयमित नभए प्रहरीका परिवारसमेत खोज्छौं

  • शिब अधिकारी
  • आइतवार, चैत्र २३ २०८१

  • 8.8K
    SHARES

  • धम्कीपूर्ण शैलीमा प्रवक्ता शाहीले भने : संयमित नभए प्रहरीका परिवारसमेत खोज्छौं

    शिब अधिकारी, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रहरीका परिवार खोज्ने धम्की दिएका छन । रुपन्देहीको सैनामैना नगरपालिकामा राप्रपा सैनामैनाले आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ज्यादती र अत्यचार गरे प्रहरी मात्र नभई उनिहरुका परिवारलाई पनि खोज्ने चेतावनी दिएका हुन् ।

    प्रवक्ता शाहीले देश विकराल अवस्थामा पुगेको बताउँदै चैत्र १५ गतेको आन्दोलनमा राजा ल्याउन भन्दै सहभागी भएका सैनामैनाका एक युवालाई प्रहरीले झुठा मुद्दा लगाएर थुनेकाले सोको विरोध समेत गरेका छन् ।

    उनले आफूहरुको लडाई प्रहरीसँग नभएको उल्लेख गर्दै गोली हान्नुपर्ने अवस्था नहुँदा पनि प्रहरीले गोली चलाएकोमा गम्भिर आपत्ती व्यक्त गरेका हुन । शाहीले आफूहरुलाई पनि गोली चलाउन आउने बताउँदै नेपाल प्रहरीका आईजीपी दिपक थापालाई संयमित भएर प्रहरी परिचालन गर्न आग्रह गरेका हुन ।

    उनले चैत्र १५ गतेको आन्दोलनमा सरकार पक्षले नै पर्दशनकारीहरुलाई भड्काउने काम गरेको बताए । राप्रपाले चैत २६ गते विरोध पर्दशनको आयोजना गर्न लागेको जानकारी दिँदै सैनामैनाका युवालाई प्रहरीले थुनेको विषयमा राप्रपा सैनामैनाले आन्दोलनका कार्यक्रम अघि सार्न पनि आग्रह गरेका छन् ।

    उनले नेपाल डलरवादीको देश नभएको पनि टिप्पणी गरेका हुन् ।

    राप्रपाले प्रदेश सभा खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजा ल्याउनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०८३०२:०४:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend