आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भाइरलम्यान ज्ञानेन्द्र शाहीलाई पार्टीकै फोरममा बेवास्ता, निहुँ खोज्दै नाराबाजी गर्दै

भाइरलम्यान ज्ञानेन्द्र शाहीलाई पार्टीकै फोरममा बेवास्ता, निहुँ खोज्दै नाराबाजी गर्दै

  • मिडिया डबली
  • बुधवार, जेठ ३ २०८०

  • 4.4K
    SHARES

  • भाइरलम्यान ज्ञानेन्द्र शाहीलाई पार्टीकै फोरममा बेवास्ता, निहुँ खोज्दै नाराबाजी गर्दै

    काठमाडौं - केही समय अगाडिसम्म ज्ञानेन्द्र शाहीको हैसियत युट्युबे बोकेर हिँड्ने सरकार र ठूला नेतालाई गाली गर्नेमै सीमित थियो ।

    त्यसबापत उनले केही समर्थक पनि कमाएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको अप्रत्यक्ष लगानीमा स्कोर्पियो लिएर हिँड्ने तिनै शाहीलाई राप्रपाले मंसिरमा जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो ।

    उनले चुनाव जिते । राप्रपाले शाहीलाई पार्टी प्रवक्ता पनि बनाएको थियो । अहिले शाही प्रतिनिधिसभाको प्रत्येक बैठकमा बोल्ने गर्छन् । युट्बरलाई मसला बन्ने गरेको छ । तर मिडियामा उनको खासै चर्चा हुँदैन ।

    राप्रपामा शाहीभन्दा सिनियर नेता अत्यधिक छन् । पार्टीका पूर्वप्रवक्ता भएको र सांसदसमेत भएकाले राप्रपाका विभिन्न फोरममा उनी पुग्ने गर्छन् । तर उनलाई बोल्ने मौका दिइँदैन ।

    राप्रपाका ठूला नेताले समेत मौका नपाइरहेको अवस्थामा शाहीले पाउने कुरै भएन । अहिले जारी केन्द्रीय समिति बैठकमा शाहीको अत्तोपत्तो छैन ।

    केही दिनअघि राप्रपाको महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको प्रज्ञा भवनमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा आफूलाई मञ्चमा नबोलाएको र बोल्ने मौका नदिएको भन्दै उनी रिसाएर हिँडेका थिए ।

    त्यति गर्दा पनि कसैले वास्ता नगरेपछि बाहिर केही झुण्ड तयार पारेर नाराबाजी गरेका थिए । दुई चारजना युट्युबेले पनि उनलाई साथ दिने गरेका छन् ।

    वैशाख २४ गते आइतबार आयोजित कार्यक्रममा दीपकबहादुर सिंह, हेमजंग गुरुङ, नीलकण्ठ काफ्ले, बुद्धिमान तामाङ, विक्रम पाण्डे, दीपक बोहरा, धवलसमशेर राणाहरूले समेत बोल्न पाएका थिएनन् ।

    सोही कारया आफ्नो पालो नआएपछि ज्ञानेन्द्रमात्रै फन्किएर हिँडेका थिए । त्यसपछि बाहिर गएर मान्छे उचाले र फेरि भित्र पसे ।

    तैपनि, कसैले भाउ नदिएपछि मुर्मुरिएर उनी दिनहुँ आफ्नो खर्चमा ४–५ जना युट्युबर बोकेर हिँड्ने र पार्टीका कार्यक्रममा हिरोइज्म देखाउने गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०८३०२:०४:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend