आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भाइरल सांसद ज्ञानेन्द्र शाहीले माफी नमागे जे पनि हुने प्रकाण्डको चेतावनी

भाइरल सांसद ज्ञानेन्द्र शाहीले माफी नमागे जे पनि हुने प्रकाण्डको चेतावनी

  • मिडिया डबली
  • सोमवार, माघ १५ २०८०

  • 2.2K
    SHARES

  • भाइरल सांसद ज्ञानेन्द्र शाहीले माफी नमागे जे पनि हुने प्रकाण्डको चेतावनी

    काठमाडौं - राप्रपाका भाइरल सांसद ज्ञानेन्द्र शाही फेरि एकपटक विवादमा तानिएका छन् । अरुलाई गाली गरेरै सांसद जितेका शाहीलाई आफ्नो अभिव्यक्तिप्रति माफी माग्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चेतावनी दिएको छ ।

    यदि माफी नमागे जे पनि हुन सक्ने जनाउ दिइएको छ । विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएर पनि पक्राउ नपरेको भनेर शाहीले दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले चेतावनी दिएका छन् ।

    प्रकाण्डले विज्ञप्ति जारी गर्दै शाहीले शनिबार सिन्धुपाल्चोक सम्पर्क समितिको कार्यक्रममा दिएको उक्त अभिव्यक्तिले आफूहरुलाई आक्रोशित बनाएको बताएका छन् ।

    शाहीको अभिव्यक्तिले तीनबुँदे सहमति भंग गर्ने, अराजकता मच्चाउने, देशलाई द्वन्द्वतिर धकेल्ने र वर्तमान संकटग्रस्त अवस्थाबाट देशलाई क्रान्तिकारी समाधान दिनबाट रोक्ने भन्दै फिर्ता लिएर माफी माग्न र त्यसो नगरे हुने परिणाम भोग्न तयार रहन प्रवक्ता प्रकाण्डले धम्की दिएका छन् ।

    ‘यदि पार्टी र नेतृत्वका विरुद्धको विषवमन सच्चाइएन भने त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार निज ज्ञानेन्द्र शाही नै हुने कुरासमेत पार्टी स्पष्ट गर्दछ’, प्रकाण्डले विज्ञप्तिमा भनेका छन् ।

    IMG_3507.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०८३०२:०४:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend