आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

  • मिडिया डबली
  • आइतवार, चैत्र १६ २०८१

  • 1.4K
    SHARES

  • पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।

    ‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्नेगरी पहलिो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’

    कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछाने पार्टीका क्रियाकलापमा सहभागी हुन लागेको जानकारी गराए । ‘पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालले गर्नुहुन्छ । दोस्रो बैठकको अध्यक्षता सभापति रवि लामिछानेले गर्नुहुन्छ,’ उनले भने ।

    पुस ८ मा बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष अर्याललाई दिएको थियो । सहकारीको रकम अपचलनको मुद्धामा लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो ।

    ४ सहकारीको रकम अपचलनको मुद्धामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । रिहा भएपछि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय थिएनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend