आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

राजनीतिमा रवि लामिछानेः ‘रवीन्द्र मिश्र भा २’

राजनीतिमा रवि लामिछानेः ‘रवीन्द्र मिश्र भा २’

  • मिडिया डबली
  • मंगलवार, आषाढ ७ २०७९

  • 7.1K
    SHARES

  • राजनीतिमा रवि लामिछानेः ‘रवीन्द्र मिश्र भा २’

    काठमाडौं - पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए । उनले पार्टीको चुनाव चिन्ह घन्टी राख्ने प्रस्ताव पनि गरे ।

    लामिछानेले २१ सदस्यीय हेडक्वार्टर बनाएका छन् भने आफू संयोजक बनेका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताए ।

    सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरे । तर, चुनाव क्षेत्र भने सार्वजनिक गरेनन् । उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए । उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए ।

    ‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने । लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजीतिको मैदानमा उत्रिएको बताए ।

    ‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु,’ उनले भने, ‘आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको छु ।’

    उनले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गरे । लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताए । आफू राजनीतिमा आउन विभिन्न दलका धेरै नेतासँग कुराकानी गरे पनि त्यसलाई अब धन्यवादबाहेक अरु केही पनि नरहने उल्लेख गरे । उनले आजसम्म नेपालमा दर्ता भएका कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गरे ।

    रवि लामिछानेको नयाँ दल घोषणालाई धेरैले ‘रवीन्द्र मिश्र भाग २’ भनी टिप्पणी गरेका छन् । यसअघि मिश्रले पत्रकारिता छाडेर साझा पार्टी घोषणा गरेका थिए । चुनाव पनि लडे तर पराजित भए । अहिले उनले राजनीति छाडेका छन् ।

    एकताका मिश्रको साझा पार्टीलाई पनि धेरैले विश्वास गरेका थिए । त्यो पाँच वर्षमै धुलिसात भएको छ । रवि लामिछानेले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।

    लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए । प्राइमेरी निर्वाचन हुने, युवालाई ५० प्रतिशत एकको व्यवस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था, डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने, परिवारवादलाई पूर्ण रूपमा निषेध र भ्रातृसंगठन र कार्यकर्तारहित ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ८ २०७९१०:२५:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend