आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रहर गरेर राजतन्त्र पुनःस्थापित हुदैँन : देउवा

रहर गरेर राजतन्त्र पुनःस्थापित हुदैँन : देउवा

  • मिडिया डबली डेक्स
  • बिहिवार, चैत्र १३ २०८१

  • 1.2K
    SHARES

  • रहर गरेर राजतन्त्र पुनःस्थापित हुदैँन : देउवा

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन् ।

    बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेपालीले लडेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे।

    उनले सम्पूर्ण नेपाली जनताले संविधानसभामार्फत जनताको इच्छानुसार गणतन्त्र आएको भन्दै कसैले रहर नगर्न आग्रह गरे। उनले नेपाली जनताले गणतन्त्र मानिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आश नगर्न आग्रह गरे। कुनै हालतमा पनि प्रजातन्त्र हट्न नसक्ने दाबी गर्दै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रलाई स्थायी गराउने काममा लाग्न आग्रह गरे।

    सभापति देउवाले भने, ‘बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका सबै साथीहरू लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौँ। कसैले रहर गरेर हुँदैन। राजाले कु गर्छन् भने जस्तो हाम्रो राष्ट्रपतिले कु गर्न सक्दैन। कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन। यो आएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ।’

    सभापति देउवाले नेपालको संविधानमा सबैको प्रतिनिधित्व रहेको बताए। संविधान प्रदत्त अधिकारहरूमा पनि सबैलाई सहभागी गराइएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend