काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन जिल्ला अदालतमा उपस्थित गराइँदै छ।
हिजो थुनछेक बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई आज अदालतमा उपस्थित गराउनेगरी न्यायिक हिरासतमा पठाएको थियो।
साहारा चितवन सहकारी ठगी प्रकरणमा पुरक मुद्दा परेका रविसहित १५ जना प्रतिवादीको हिजोबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै हिजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । हिजो सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए।
सहकारी पीडितको तर्फबाट रमेश काफ्लेले मात्रै बहस गर्न भ्याउनभएको थियो । आज प्रतिवादीका अन्य वकिल र जाहेरवालाका तर्फबाट बहस हुनेछ । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।