आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता

रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता

  • मिडिया डबली डेक्स
  • मंगलवार, माघ २२ २०८१

  • 807
    SHARES

  • रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा तीनवटा जिल्लामा मुद्दा खेपिरहेका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ।

    सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनी लगायत १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो। सोमवार नै उनीविरुद्ध मुद्दा दर्ता गर्न खोजिएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनमा सहाराको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ।

    जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेविरुद्ध सहारा सहकारीको रकम ठगी गरेको अभियोगमा मुद्दा दर्ता गराएको जानकारी दिएको छ।

    यो मुद्दा दर्तासँगै उनीविरुद्ध सहकारी प्रकरणमा ४ वटा जिल्लामा मुद्दा दर्ता भएको छ। यसअघि कास्की, काठमाडौँ र रूपन्देही जिल्लामा दर्ता भई उनीविरुद्ध मुद्दा चलिरहेको छ।

    लामिछानेसँगै रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, असरफ अलि सिद्दिकी, भगवती बमजन,  दीपक लामा, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला‚ शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो।

    रविलाई सहकारी ठगी सम्बन्धमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अरूलाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

    यसअघि लामिछानेलेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। त्यसैगरी काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँमा लामिछानेलाई छोडेको भने रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend