काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।
संसद्को हिउँदे अधिवेशन सम्बोधन गर्दै देउवाले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास गरे ।
उनले भने, ‘विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो।’
उनले नेकपा एमालेसँग भएको कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताए ।
‘सात बुँदे कार्यान्वयनमा सन्दर्भमा कांग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ । र, अन्य राजनीतिक दलहरुको (सत्तारुढ) पनि निरन्तर सहयोग रहने विश्वास रहेको छ’, देउवाले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।