काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित चार जिल्लाका सांसदहरूसँग छलफल गरेका छन् । हिजो बेलुका गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसँग छलफल गरेका हुन ।
केबलकार निर्माणको विषयलाई लिएर गएको शनिवार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । झडपमा गम्भीर घाइते भएका तीन जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।
गृहमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले सांसदहरुसँग छलफल गरेका हुन् ।
छलफलमा सहभागी सांसद एवम् एमाले सचिव योगेश भट्टराईले वार्ताबाट समाधान खोज्नेबारेमा छलफल भएको जानकारी दिए । उनले यसबारेमा सम्बन्धित मन्त्रालयसँग छलफल गरेर अघि बढ्ने सहमति भएको बताए ।
यसैबीच कोशी प्रदेश सरकारले विरोध गर्दै आएको समूहलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको बैठकले असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको हो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।