आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लामिछानेविरुद्धको थुनछेक बहस आज पनि सकिएन

लामिछानेविरुद्धको थुनछेक बहस आज पनि सकिएन

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ ११ २०८१

  • 729
    SHARES

  • लामिछानेविरुद्धको थुनछेक बहस आज पनि सकिएन

    सहकारी ठगीसम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज पनि सकिएन। आज जाहेरवालाका तर्फबाट बहस सकिएको र प्रतिवादीका पक्षबाट बहस सुरु भएको रुपन्देही जिल्ला अदालतले जनाएको छ। बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

    आज जाहेरवालापक्षका २ जना वकिल र प्रतिवादीपक्षका ३ जना वकिलले बहस गरेका छन्। अझै प्रतिवादीतर्फका ६ जना वकिलको बहस बाँकी रहेको रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधवार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। बुधवार नै रवि लामिछानेसँग बयान लिइएको थियो। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बिहीवारबाट थुनछेक बहस थालिएको थियो।

    बिहीवार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए। त्यसपछि जाहेरवालाका तर्फबाट बहस सुरु भएकोमा आज जाहेरवाला पक्षका वकिलले बहस सकेका र आजै प्रतिवादीका तर्फबाट बहस थालिएको हो।

    सहकारी ठगी र संगठित अपराधमा सरकारी वकिल कार्यालयले रवि लामिछानेसहितलाई अभियुक्त बनाएर आइतवार पुरक मुद्दा दर्ता गरेको थियो। सहकारी ठगी प्रकरणमै लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend