आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लामिछानेको थुनछेक बहस रूपन्देही अदालतमा आजदेखि

लामिछानेको थुनछेक बहस रूपन्देही अदालतमा आजदेखि

  • मिडिया डबली डेक्स
  • बिहिवार, माघ १० २०८१

  • 594
    SHARES

  • लामिछानेको थुनछेक बहस रूपन्देही अदालतमा आजदेखि

    काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस रूपन्देही जिल्ला अदालतमा बिहीबार शुरु हुने भएको छ ।

    अदालतमा उपस्थित भएसँगै लामिछानेकोे थुनछेक बहस शुरु हुने अदालतका श्रेस्तेदार एवं उपसचिव यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। लामिछानेका तर्फबाट बहस गर्न काठमाडौंबाट गएकासहित १२ जनाभन्दा बढी कानुन व्यवसायीले वकालतनामा पेश गरेका छन्। त्यसैगरी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन्।

    थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पूर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ।

    बयानका लागि मंगलबार भैरहवा पुगेका लामिछाने बुधबार कार्यालय खुल्नेवित्तिकै अदालतमा उपस्थित भएका थिए। लामिछानेको रूपन्देही जिल्ला अदालतमा बुधबार नै बयान सकिएको थियो। बयान सकिएसँगै बिहीबार १० बजे पुनः उपस्थित गराउने शर्तमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई पत्नी निकिता पौडेल र उनका कानून व्यवसायीको जिम्मा लगाउने आदेश गरेको थियो।

    लामिछानेसहित २२ जनाविरुद्ध सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध व्यक्तिगत दुई करोड रुपैयाँ बिगो दाबी छ। थलामिछाने यसअघि कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend