आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुने

रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुने

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ २ २०८१

  • 846
    SHARES

  • रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार सार्वजनिक बिदा भएकोले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज पनि जारी रहने भएको हो । 

    न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता र सरकारी वकिल गरी ९ जनाले बहस गरे । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले लामिछानेको पीडितको तर्फबाट बहस गरेका थिए ।

    यस्तै सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरेपनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । 

    स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । तर आइबार थुनछेक बयान मात्रै भएपछि न्यायाधीश अधिकारीले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएका थिए । 

    Nabil bank
    गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध  ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend