काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७८औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार सभापति देउवाले मोदीलाई सामाजिक सञ्जाल एक्समा मेन्सन गर्दै स्वतन्त्रता दिवसका अवसरमा भारतीय जनतालाई शुभकामना दिएका हुन् । देउवाले मोदीलाई शुभकामना दिँदै नेपाल र भारतबीचको सम्बन्ध अझैँ उचाइँमा पुग्ने विश्वास लिएका छन् ।
‘भारतको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र भारतका मित्रजनहरू ! हाम्रा दुई राष्ट्रबीचको मित्रताको बन्धन अझै मजबुत हुँदै जाओस्, र हाम्रा दुवै देशले समृद्धि र नयाँ उचाइँ हासिल गरोस् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।