सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको बिशेष

बागमतीमा एकै दिन तीन वटा शव फेला

बागमतीमा एकै दिन तीन वटा शव फेला

  • मिडिया डबली
  • आइतवार, बैशाख २३ २०८१

  • 1.7K
    SHARES

  • बागमतीमा एकै दिन तीन वटा शव फेला

    हेटौंडा / बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानाएको छ । बागमती प्रदेश प्रहरीका अनुसार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–५ गुरुम्फी खोलामा ढुङ्गाको चेपमा एक पुरुषको लास भेटिएको हो ।

    उक्त लास दोलखा जिल्ला जिरी नगरपालिका–९ घर भई हाल दोलखा गौरीशंकर गाउँपालिका–५ सुम्ना स्थित छोरीको घरमा बस्दै आएका अन्दाजी ६५ वर्षीय रत्न बहादुर सुनुवार रहेको प्रहरीले जनाएको छ ।

    उनी बिहानै देखि घरबाट निस्की हिडेको भन्ने बुझिएको र स्थानीयले माछा मार्ने क्रममा फेला पारेको प्रहरीले जनाएको छ । त्यसैगरी, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानी स्थित रोक्का टोल बस्ने ३९ वर्षीय सन्दिप रोक्का घर देखि करिव ५०० मिटर पर टलक बहादुर सार्कीको बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीले रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ पेलदानखर्क स्थित भिरमा एक लास फेला परेको जनाएको छ ।

    हाल नाम थर वतन नखुलेको, मागी खाई हिड्ने हेर्दा तराई मुलुकको जस्तो देखिने अन्दाजी ३५ वर्षीय एक पुरुषको शव फेला पारेको प्रहरीले जनाएको छ । उत्त लास जाँच प्रकृति पश्चात पोष्ठमार्टमको लागि जिल्ला स्थित धुन्चे अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २० २०८१०१:५२:०७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend